birat ribon

स्वारेजले तोडे रोनाल्डोको रेकर्ड

Neuro
स्वारेजले तोडे रोनाल्डोको रेकर्ड

विराटनगर / स्पेनिस क्लब एथ्लेटिको मड्रिडका फरवार्ड लुइस स्वारेजले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको रेकर्ड तोडेका छन् । सोमबार राति ला लिगाअन्तर्गत सेल्टा भिगोसँग बराबरी खेल्दा दुई गोल गरेका स्वारेजले रोनाल्डोको कीर्तिमान भङ्ग गरेका हुन् ।

Padelux insider
cura insider

ला लिगामा लिग लिडर एथ्लेटिको आफ्नै मैदानमा सेल्टासँग २–२ गोलको बराबरीमा रोकिएको हो । वान्डा मेट्रोपोलिटानोमा एथ्लेटिकोका लागि स्वारेजले दुई गोल गरे । सेल्टाका सान्ति मिना र फाकुन्डो फेर्रेराले समान एक–एक गोल गरे ।

स्वारेजले ४५औँ मिनेटमा र ६०औँ मिनेटमा गोल गरेका थिए । यस गोलसँगै स्वारेज ला लिगाको यस शताब्दीमा कुनै एउटा क्लबबाट सबैभन्दा छिटो १६ गोल पुर्‍याउने खेलाडी बने । यो कीर्तिमान यसअघि रोनाल्डोको नाममा थियो ।

रोनाल्डोले रियल मड्रिडका लागि सन् २००९–१० को सिजनमा सुरुआती १७ खेलमा १५ गोल गरेका थिए । तर, यसै सिजन बार्सिलोनाबाट एथ्लेटिको आएका उनले १७ खेलमा १६ गोल गर्दै रोनाल्डोलाई उछिने ।

३४ वर्षीय स्वारेज पिचिची अवार्डको दौडमा पनि सबैभन्दा अगाडि देखिएका छन् । एथ्लेटिकोले ला लिगाको उपाधि दौडमा छलाङ मारिरहँदा उरुग्वेका स्टार स्वारेज पनि पिचिची अवार्डको ‘रेस’मा अगाडि बढिरहेका छन् ।

पिचिची अवार्ड स्पेनिस ला लिगाको सर्वाधिक गोलकर्तालाई दिइन्छ । यस सिजनको ला लिगामा १७ खेल खेल्दा १६ गोल र दुई असिस्ट गरेका छन् । मेस्सीले भने १९ खेलमा १३ गोल र चार असिस्ट गरेका छन् ।

ला लिगाको अङ्क तालिकाको शीर्ष स्थानको एथ्लेटिकोले बार्सिलोनाभन्दा एक खेल कम खेलेको छ । एथ्लेटिको ५१ अङ्कसहित शीर्ष स्थानमा छ भने २१ खेल खेलेको बार्सिलोना ४३ अङ्कका साथ दोस्रो स्थानमा छ ।

साविक विजेता रियल मड्रिड भने ४३ अङ्कका साथ तेस्रो स्थानमा छ । ऊ गोलान्तरको आधारमा बार्सिलोनासँग पछि परेको छ ।

jackson ribon