birat ribon

डाक्टर विश्वकर्मालाई २६औँ मानवअधिकार पुरस्कार २०७६ प्रदान

Neuro
डाक्टर विश्वकर्मालाई २६औँ मानवअधिकार पुरस्कार २०७६ प्रदान

काठमाडौँ / अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २६ औँ मानवअधिकार पुरस्कार डाक्टर रूपचन्द्र विश्वकर्मालाई प्रदान गरेको छ ।

मङ्गलबार मानवअधिकारवादी योद्धा स्व. प्रकाश काफ्लेको २८औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा डाक्टर विश्वकर्मालाई २६औँ मानवअधिकार पुरस्कार २०७६ प्रदान गरिएको हो ।

cura insider

बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–५ का स्थायी बासिन्दा डाक्टर विश्वकर्मा बाजुरा जिल्लाको नागरिकको स्वास्थ्य सेवामा समर्पित व्यक्तित्वको रूपमा परिचित छन् । तीन वर्षदेखि बाजुरा जिल्लामा रही नागरिकको स्वास्थ्य सुधारका लागि पहलकदमी लिँदै दुर्गम जिल्लामा बसी स्वास्थ्य सेवा सुधार र विपन्न वर्गको पहुँच अभिवृद्धिको काम गरेको भन्दै उनलाई सम्मान गरिएको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताए ।

तीन वर्षअघि बाजुरा विमानस्थलमा भएको हवाई दुर्घटनाका घाइतेलाई उद्धार गरी सुविधासम्पन्न अस्पताल लैजाने क्रममा जहाजभित्रै आपतकालीन उपचार गरी घाइतेलाई बचाएपछि उनको चर्चा देशभरि भएको थियो । सम्मान पछि डाक्टर विश्वकर्माले यो सम्मान आफ्नो मात्रै सम्मान नभई बाजुरा जिल्लामा बस्ने सम्पूर्ण स्वास्थ्यकर्मी र अस्पतालको नै सम्मान भएको बताए ।

कार्यक्रममा बोल्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संस्थापक अध्यक्ष सुशील प्याकुरेलले पहिले आर्थिक, सामाजिक अधिकारको कुरा गर्दा प्रजातन्त्र, लोकतन्त्रवादी हुँदैनन् भन्ने जमानालाई तोड्दै आफूहरू मानवअधिकारको क्षेत्रमा अघि बढिरहेको बताए ।

jackson ribon