birat ribon

रोनाल्डोको समाज सेवा

Neuro
रोनाल्डोको समाज सेवा

विराटनगर / पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो समाज सेवामा पनि उत्तिकै सक्रिय रहन्छन् । इटालियन क्लब युभेन्टसका फरवार्ड रोनाल्डोले हालै मात्र पनि एक क्यान्सरका बिरामी बालकलाई सहयोग गर्ने भएका छन् ।

Padelux insider
cura insider

आफ्नो ३६औँ जन्मदिनको अवसरमा रोनाल्डोले क्यान्सर पीडित पोर्चुगलका सात वर्षीय टोमसको उपचारमा सहयोग गर्ने जनाएका हुन् । उनले टोमसको उपचार खर्च मात्र नभएर उनको उपचारमा चाहिने सम्पूर्ण औषधिको खर्च आफूले ब्यहोर्ने बताएका हुन् ।

रोनाल्डोकी साली (जर्जिना रोड्रिग्वेजकी बहिनी) इभानाले सामाजिक सञ्जालमार्फत् उक्त जानकारी दिएकी हुन् । उनका अनुसार टोमस उपचारका लागि स्पेनको बार्सिलोना जाँदैछन् ।

टोमसले बार्सिलोनास्थित भाल डी‘हेब्रोनमा उपचार गराउँदा लाग्ने सम्पूर्ण खर्च रोनाल्डोले ब्यहोर्ने इभानाले इन्स्टाग्राममार्फत् जानकारी दिएकी छन् ।

jackson ribon