birat ribon

निर्वाचनको तयारी अगाडि बढाउन आयोगलाई प्रधानमन्त्रीको सुझाव

Neuro
निर्वाचनको तयारी अगाडि बढाउन आयोगलाई प्रधानमन्त्रीको सुझाव

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार दिउँसो निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले निर्वाचन तयारीबारे जानकारी लिएका छन् ।

Padelux insider
cura insider

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्रीलाई निर्वाचनमा सुरक्षाको बन्दोबस्ती र बजेटबारे जानकारी गराएको प्रधानमन्त्रीका पे्रस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रेस सल्लाहकार थापाका अनुसार सो अवसरमा प्रधानमन्त्री ओलीले निर्वाचनको तयारी अगाडि बढाउन आयोगलाई सुझाव दिएका थिए । प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि निर्वाचन आयोग पुगेका थिए ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नै घोषित मितिमै दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ । पहिलो चरणमा वैशाख १७ गते प्रदेश २, लुम्बिनी, कर्णाली र गण्डकीका ४० जिल्लामा र दोस्रो चरणमा २७ गते वाग्मती, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो ।

jackson ribon