विराटनगर / बलिउड अभिनेता ऋषि कपुर र रन्धीर कपुरका भाइ राजीव कपुरको निधन भएको छ ।
५८ वर्षीय राजीवको मङ्गलबार हृदयघातका कारण मृत्यु भएको हो । ऋषि कपुरकी पत्नी नीतु कपुरले राजीवको निधन भएको पुष्टि गरेकी हुन् । नीतुले राजीवको फोटो शेयर गर्दै श्रद्धान्जली व्यक्त गरेकी छिन् ।
राजीवलाई हृदयाघघात भएको थियो । हृदयाघघात भएलगत्तै दाजु रणधीरले उनलाई नजिकैको चेम्बुरको इनलक्स अस्पताल लिएर गएका थिए ।
डाक्टरले अस्पताल पुग्नेबित्तिकै उनलाई मृत घोषित गरेका हुन् । रणधीरले पनि भाइलाई गुमाएको पुष्टि गर्दै डाक्टरहरुले बचाउन पूरा कोसिस गरे पनि उनलाई बचाउन नसकेको बताएका छन् ।
राजीवको सर्वाधिक चर्चित फिल्म राम तेरी गङ्गा मैली हो । ऋषि कपुरको निधन भएको एक वर्ष नपुग्दै भाइ राजीवको निधन भएको हो । ऋषि कपुरको निधन सन् २०२० को ३० अप्रिलमा भएको थियो ।