birat ribon

रोनाल्डोलाई उछिन्दै मेस्सी बने दसककै उत्कृष्ट फुटबलर

Neuro
रोनाल्डोलाई उछिन्दै मेस्सी बने दसककै उत्कृष्ट फुटबलर

विराटनगर / बार्सिलोनाका कप्तान लियोनल मेस्सी दसककै उत्कृष्ट खेलाडी बनेका छन् । अन्तर्राष्ट्रिय फुटबल इतिहास एवम् तथ्याङ्क महासङ्घ (आइएफएफएचएस)ले अर्जेन्टिनी स्टार मेस्सीलाई दसककै उत्कृष्ट खेलाडी घोषित् गरेको हो ।

३३ वर्षीय मेस्सी सन् २०१० देखि २०२० सम्मका उत्कृष्ट घोषित् भएका हुन् । यसक्रममा मेस्सीले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पारे । सन् २०१० देखि २०२० सम्ममा धेरै पटक च्याम्पियन्स लिगको उपाधि जितेका रोनाल्डो दोस्रो स्थानमा छन् ।

cura insider

मेस्सीले भने सन् २०१० यता दुई पटक मात्र च्याम्पियन्स लिग जितेका छन् । उक्त समयको गोल र उपाधिको सङ्ख्या हेर्दा पनि मेस्सीको तुलनामा पोर्चुगिज स्टार रोनाल्डो नै अगाडि देखिएका छन् । तर, आइएफएचएसले भने सर्वाधिक धेरै छ पटकका बालोन डी‘ओर विजेता मेस्सीलाई नै दसककै उत्कृष्ट घोषित् गरेको छ ।

jackson ribon