birat ribon

चलचित्र छायाकार जनकराज अधिकारी मृत फेला

Neuro
चलचित्र छायाकार जनकराज अधिकारी मृत फेला

काठमाडौँ / चलचित्र छायाकार जनकराज अधिकारी आफ्नै कार्यालयभित्र मृत अवस्थामा फेला परेका छन् ।

Padelux insider
cura insider

उनको शव काठमाडौँको गोङ्गबुस्थित जेसिका फिल्मस् प्रालिको कार्यालयमा झुण्डिएको अवस्थामा फेला परेको नेपाल प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।

केही दिनदेखि परिवारबाट सम्पर्कविहीन रहेका अधिकारी सम्पर्कमा नआएपछि कार्यालय पुग्दा आत्महत्या गरेको अवस्थामा भेटिएको अध्यक्ष लामाले बताए ।

अधिकारीले दुई फिल्म र थुप्रै म्युजिक भिडियो छायाङ्कन गरेका छन् । उनी जेसिका फिल्मस् प्रालिका प्रोप्राइटरसमेत हुन् ।

सोमबार ११ बजे पोस्टमार्टम गरेर उनको शवलाई अन्त्येष्टिका लागि लमजुङ पठाइएको लामाले बताए ।

jackson ribon