birat ribon

वार्षिक फ्लूको खोप लगाउने बच्चा कोभिडबाट केही हदसम्म सुरक्षित

Neuro
वार्षिक फ्लूको खोप लगाउने बच्चा कोभिडबाट केही हदसम्म सुरक्षित

विराटनगर / बच्चाहरूमा देखिने कोभिडको सङ्क्रमण वैज्ञानिक र चिकित्सका लागि ठूलो चिन्ताको विषय बनेको छ ।

Padelux insider
cura insider

अध्ययनले बच्चाहरू भाइरसको विकासका लागि कम संवेदनाशील हुन्छन् भन्ने पत्ता लगाए पनि बच्चाहरू भाइरसबाट अझै पूर्णरूपमा सुरक्षित छन् कि छैनन् भन्ने कुराको कुनै ग्यारेन्टी भइनसकेको जनाएको छ । तर, हालसालै गरिएको एक अध्ययनअनुसार, वार्षिक फ्लूको खोप लगाउने बच्चाहरू कोभिडको लक्षणबाट सुरक्षित छन् भन्ने देखिएको छ ।

मिसौरी–कोलम्बिया विश्वविद्यालयका अन्वेषकहरूको नेतृत्वमा अमेरिकामा गरिएको अध्ययनले खोप लगाएका करिब २९ प्रतिशत बच्चाहरूमा घातक भाइरसको सङ्क्रमण भएपछि पनि कोभिडको लक्षण विकास गर्ने सम्भावना कम हुने देखाएको छ । अर्कानसस चिल्ड्रेन हस्पिटलमा भर्ना गरिएका नौ सयभन्दा बढी कोभिड सङ्क्रमित बच्चाहरूको एउटा समूहलाई मौसमी फ्लूको खोप दिइएको थियो ।

यसका साथै, अन्वेषकले इन्फ्लूएन्जाविरुद्धको खोप पाएका ३२ प्रतिशत बच्चामा श्वासप्रश्वासको रोग विकास गर्ने सम्भावना निकै कम हुने बताएका छन् । विज्ञहरूका अनुसार ‘भाइरल हस्तक्षेप’ नामक जैविक फेनोमेननबाट फ्लूको खोपले बच्चाहरूलाई सार्स कोभी–२ भाइरसविरुद्ध प्रतिरोधात्मक सुरक्षा प्रदान गर्छ ।

उक्त अध्ययनका सह–लेखक डाक्टर अञ्जली पटवर्धनका अनुसार पहिलेको भाइरल इन्फेक्सनको कारण अर्को भाइरसको वृद्धि रोक्न सकिन्छ ।

jackson ribon