birat ribon

सम्राटको ‘इस’ हिन्दी भर्सनमा

Neuro
सम्राटको ‘इस’ हिन्दी भर्सनमा

काठमाडौँ / गायक सम्राट चौलागाईं ‘इस’ बोलको नयाँ गीतलाई बलिउडको
चर्चित म्युजिक कम्पनीले हिन्दी भर्सनमा निकाल्ने भएको छ । भारतको चर्चित एक म्युजिक कम्पनीले आफ्नो गीत हिन्दी भर्सनमा निकाल्न लागेको बताए । तर, कम्पनीको नाम भने उनले खलाएका छैनन् ।

Padelux insider
cura insider

हिन्दी भर्सनमा बन्न लागेको गीतमा सम्राटकै स्वर रहनेछ, तर फिमेल स्वरमा भने
बलिउडकै चर्चित गायिकाले गाउने सम्राटले बताए । त्यस्तै, यस गीतका
कलाकारहरूमा नेपालका चर्चित अभिनेता रहनेछन् भने केटी मोडलमा बलिउडकै
चर्चित अभिनेत्री रहनेछन् ।

बलिउडको चर्चित कम्पनीले नेपाली गीत हिन्दी भर्सनमा निकाल्ने प्रस्तावले धेरै खुसी लागेको प्रतिक्रिया गायक सम्राटले दिए । ‘नेपाली म्युजिक क्षेत्रलाई बलिउडसँग जोड्ने काम हाम्रो टिमले गरेकोमा अझ धेरै खुसी छु,’ उनले भने ।

‘इस’ बोलको गीतलाई सम्राटसँगै रचना रिमालले गाएकी थिइन् । अभिनेता पल
शाह, गीता ढुङ्गाना, केदार घिमिरे, दिपाश्री निरौलालगायत कलाकारहरू फिचर्ड
भएको गीत केही साताअघि मात्र बलिउडका बहुचर्चित गायक कैलाख खेरको
कैलाश स्टुडियो मुम्बईमा रेकर्ड गरिएको थियो ।

jackson ribon