birat ribon

यस्ता समस्या भए कोभिडबाट पुनः सङ्क्रमित हुने खतरा

Neuro
यस्ता समस्या भए कोभिडबाट पुनः सङ्क्रमित हुने खतरा

विराटनगर / कोभिडको सङ्क्रमण निको भएकाहरू पुनः सङ्क्रमित भइरहेका छन् । शरीरको रोग प्रतिरोधात्मक प्रणालीले विकास गरेको भाइरसविरुद्धको एन्टिबडीले केही समयका लागि पुनः सङ्क्रमण हुनबाट जोगाउन सक्छ ।

Padelux insider
cura insider

तर, त्यस्ता व्यक्तिहरू केही समय (५० दिनभन्दा कम)मा पुनः सङ्क्रमित भइरहेका छन् । एक जना मानिसमा कोरोना भाइरसविरुद्ध प्राकृतिक प्रतिरक्षा कति छ भनेर अध्ययनले समेत प्रमाणित गर्न सकेको छैन ।

तर, निको भएर पनि जटिलताबाट पीडित वा पूर्व तथा दीर्घ स्वास्थ्य समस्या भएका व्यक्तिलाई पनि पुनः सङ्क्रमण हुनसक्ने बढी जोखिम हुन्छ । बेलायती मेडिकल जर्नलद्वारा गरिएको एक अध्ययनले स्वास्थ्यमा समस्या भएका व्यक्तिलाई कोभिडको पुनः सङ्क्रमणको अधिक जोखिम रहेको देखाएको छ, चाहे यो हल्का होस् वा गम्भीर ।

त्यसमा पनि श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीहरू कोभिडबाट पुनः सङ्क्रमित हुने खतरा बढी छ ।

दम, सिओपिडीलगायत श्वासप्रश्वासको समस्या भएका बिरामी पुनः सङ्क्रमित हुनसक्ने हुँदा उचित ध्यान पुर्याउनु आवश्यक हुन्छ । त्यस्तै, उमेर बढेसँगै देखापर्ने रोग, मोटोपनको समस्या भएका, थाइराइड, हर्मोनल गडबडी, टाइप १ तथा टाइप २ मधुमेह भएकामा कोभिड सङ्क्रमण हुने जोखिम मात्र नभई यी रोगले समस्या गम्भीर बनाउने तथा पुनः सङ्क्रमण गराउने सम्भावना अधिक हुन्छ ।

कोभिडबाट पुनः सङ्क्रमित भएकामा देखिने लक्षणहरू अधिक वा कम पहिलोपटक सङ्क्रमण हँुदा देखिएका लक्षणजस्तो रहन्छ । तर, नयाँ कोभिडका भेरियन्ट र म्युटेसन फैलिरहेको बेलामा नयाँ प्रकारबाट सङ्क्रमण भएमा केही भिन्न लक्षण देखिने पत्ता लगाइएको छ ।

यस्तो अवस्थामा सास फेर्न गाह्रो हुने, अनौठो तरिकाले मांसपेशी दुख्ने, उच्च ज्वरो र खोकी, थ्रोम्बोसिस (रगत जम्ने समस्या), हृदय तथा छातीमा दुखाइ र छाला सुन्निनेजस्ता समस्या आउन सक्छन् । यसलाई पुनः सङ्क्रमणका लागि जोखिममा भएका मानिसले चेतावनीका सङ्केतको रूपमा लिनुपर्छ ।

jackson ribon