birat ribon

कर्मशील चिकित्सकको जीवनी

Neuro
कर्मशील चिकित्सकको जीवनी
पेशल आचार्य

मानिसहरू यो धर्तीमा एक–एकओटा कामले आएका हुन्छन् । जन्मिँदै प्राप्त भएका कसैका सीपले, कसैका ज्ञानले र कसै–कसैका असीम प्रतिभा शक्तिका कारण जीवनमा मानिस आफ्नो कर्तव्य निर्वाह गर्दै जान्छ र सो पूरा भएपछि महाप्रस्थानको यात्री बन्छ । संसारमा अमर व्यक्तित्वहरूको जीवनी बुझ्दा धेरथोर यो कुरा पत्तो पाइन्छ ।

Padelux insider
cura insider

संसार ‘हार्ड आर्ट’ र ‘सफ्ट आर्ट’ले भरिएको छ । मिहीन ढङ्गले प्रवृत्ति र विशेषताहरू केलाउँदा डाक्टर सुमन कर्माचार्य ‘सीप’ले हार्ड आर्ट र ‘सोच’ले सफ्ट आर्टका हिमायती हुन् । यिनी आफ्ना माता पिताका चार भाइ छोरामध्ये माहिला छोरा हुन् । जुनबेला यिनी जन्मिए तिनताक साँघुटारमा यिनका पिताजीको सानोतिनो बेपार थियो । अहिले उनका साहिला भाइले बिँडोका रूपमा थामेका छन् ।

डाक्टरी पढेका सुमन साँघुटारमै जन्मेका हुन् । साँघुटार रामेछाप जिल्लाका व्यापारिक केन्द्रमध्ये एक र लिखू नदीको किनारमा बसेको बजार हो ।

यिनी सानैदेखि मिहिनेती स्वभावका थिए । जीवनमा कहिले पढाउने काम गरेका, कहिले स–साना नाटकमा भूमिका निर्वाह गरेका, कहिले हेल्थपोस्टमा हेल्थ असिस्टेन्ट भएर काम गरेका अनि हाल चिकित्सक तथा स्वास्थ्य सेवा व्यवस्थापन विशेषज्ञका भूमिकामा विराजमान डाक्टर सुमन (मेरा सङ्गतका आधारमा) भनी नबिझाउने र गरी नदुखाउने मानिस हुन् ।

उनी समयका अत्यन्त परिपालक, मीत भाषी तर चाहिँदो कुरालाई पुष्टिका लागि पुनर्पुष्टिमय शैलीमा व्याख्या र तर्क गर्न रूचाउने स्वभावका छन् ।

गीत सङ्गीतका सौखिन मात्र नभएर उनले धेरै गीत लेखेका र सङ्गीत पनि गरेका रहेछन् । उनका राष्ट्रिय भावनाले ओतप्रोत गीतहरू मैले उनकै सौजन्यमा सुन्ने मौका पाएको छु । हास्य चेतका धनी, सौन्दर्य उपासनामा सचेत व्यक्तित्व डाक्टर कर्माचार्य चिकित्सा पेसालाई आफ्नो जीवननिर्वाहका माध्यम बनाए पनि सामाजिक कामहरूमा पनि अग्रसर छन् । उनी एमनेस्टी इन्टरनेसनल समूह १९ रामेछापका संस्थापक संयोजक हुन् । रोटरी क्लब इन्टरनेसनलमा आबद्ध उनी रामेछाप जिल्लामा लाइन्स क्लब इन्टरनेसनलका संस्थापक अध्यक्ष हुन् ।

केही समय अनमिनको माओवादी सेना भेरिफिकेसन टिमका लागि युएनडिपीमा समेत कार्यरत चिकित्सक डाक्टर कर्माचार्य यतिखेर भने तामाकोसी अस्पताल, मन्थली, रामेछापमा कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् । पोखरा विश्वविद्यालय, नेसनल ओपन कलेजमा आंशिक समय बाह्य परीक्षक र प्रशिक्षकका रूपमा तथा सो कलेजको स्वास्थ्य सेवा व्यवस्थापन सङ्कायका सल्लाहकारका रूपमा पनि हाल कार्यरत छन् ।

उनलाई रामेछाप जिल्लाका खासगरी निमुखा र गरिबहरूले ‘गरिबका डाक्टर’ भनेर चिनेका छन् । उनी गाउँ–गाउँ गएर शिविर राख्न र निःशुल्क उपचार गराउन विभिन्न च्यारिटी र अस्पतालसँग साझेदारीमा काम गरिरहेका हुन्छन् ।

उनी जिल्लाको समाजसेवा र राजनीतिमा समेत क्रियाशील व्यक्तित्व हुन् । नेपाली काङ्ग्रेसको सिद्धान्त र नीतिलाई अख्तियार गर्दै सो पार्टीका महान् नेता बिपी कोइरालालाई आफ्नो आदर्श नेता मान्ने डाक्टर सुमन मध्यमवर्गीय परिवारमा जन्मेका व्यक्ति हुन् । स्थानीय साँघुटारबाटै २०३६ सालमा एस्एलसी परीक्षा उत्तीर्ण गरेका कर्माचार्यले आइएस्सी त्रिचन्द्र कलेजबाट र आफ्नो चिकित्सकीय शिक्षाको हेल्थ असिस्टेन्ट, एमबिबिएस चाहिँ टिचिङ हस्पिटल, महाराजगञ्जबाट पूरा गरेका हुन् । पोखरा विश्वविद्यालय नेसनल ओपेन कलेजबाट स्वास्थ्य सेवा व्यवस्थापन विषयमा स्नातकोत्तर (विशेषज्ञता) हासिल गरेका छन् ।

राजनीतिलाई निष्ठाको व्रत मान्ने कर्माचार्य दुःखी, गरिब, असहाय र छेउ लागेका वर्गप्रति सहानुभूतिशील रहन्छन् । उनी सदाचार र आचरणमा पनि निखुरा लाग्छन् । उनले धेरै कविता र केही निबन्धहरू लेखेका छन् । उनीद्वारा लेखिएका दुईवटा कवितासङ्ग्रह ‘आत्माहरू बुद्ध भए’ र ‘देश दुखेको बेला’ प्रकाशित छन् । नेपाली साहित्यका क्षेत्रमा क्रियाशील साहित्यिक पत्रिकाहरू मधुपर्क, रचना, अभिव्यक्ति, शारदा, शब्दाङ्कुर र स्वास्थ्य खबर पत्रिकाहरूमा उनका रचना प्रकाशित भइरहेका हुन्छन् । कान्तिपुरलगायत देशका चर्चित राष्ट्रिय दैनिकमा उनका समसामयिक लेख–रचना पढ्न पाइन्छ ।

उनी स्वास्थ्य सेवामा उत्कृष्ट सेवा दिएबापत वि.सं २०७१ सालको उत्कृष्ट स्वास्थ्य पुरस्कारबाट समेत सम्मानित भएका छन् । लायन्स इन्टरनेसनल नेपालले सन् २००४ मा उत्कृष्ट सभापतिका रूपमा र रामेछाप जिल्ला विकास समितिले वि.सं. २०६४ सालमा त्यस जिल्लामा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेबापत उत्कृष्ट चिकित्सकका रूपमा सम्मानित भएका थिए ।

उनी किशोर–किशोरीका कथा र समस्यालाई आफ्ना तालिममा सगौरव सुनाउन मन पराउँछन् । जिल्ला र जिल्लाबाहिरका विभिन्न स्कुल तथा क्याम्पसहरूमा उनले हजारौँ किशोर–किशोरीबीच जीवनोपयोगी शिक्षाका तालिम र वर्कसपहरू चलाइसकेका छन् ।

उनलाई रामेछाप जिल्लाका खासगरी निमुखा र गरिबहरूले ‘गरिबका डाक्टर’ भनेर चिनेका छन् । उनी गाउँ–गाउँ गएर शिविर राख्न र निःशुल्क उपचार गराउने सिलसिलामा विभिन्न च्यारिटी र विभिन्न अस्पतालसँग साझेदारीमा काम गरिरहेका हुन्छन् । आफ्नो पेसा र सेवाका सिलसिलामा उनले जर्मनी, स्विट्जरल्यान्ड, अस्ट्रिया, सिङ्गापुर, मलेसिया, ताइवान, दक्षिण कोरिया आदि देशको भ्रमण गरिसकेका छन् । दुई छोराका आदर्श पिता उनी काठमाडौँको जडीबुटीमा बस्छन् । उमेरका हिसाबले यतिखेर उनी फिप्टी प्सलमा हिँड्दै छन् ।

बिरामीलाई बिरामी तर आफन्तको जस्तो व्यवहार गर्नु उनको विशेषता हो । उनी हाँस्दै र हँसाउदै रोग खुट्याउने काममा लागिरहन्छन् । उनको रोग निदान गर्ने पनि आफ्नै फर्मूला छ जुन सरल र सहज हुनेगर्छ । बिरामीलाई उनी मित्रवत् व्यवहार गर्दछन् । यो नै उनको नरमपनाको कडी हो ।

jackson ribon