birat ribon

बेलायतको नयाँ प्रकारको कोरोना भाइरस अमेरिकामा तीव्र रुपमा फैलँदै

Neuro
बेलायतको नयाँ प्रकारको कोरोना भाइरस अमेरिकामा तीव्र रुपमा फैलँदै

विराटनगर / बेलायतमा पत्ता लागेको नयाँ प्रकारको कोरोना भाइरस अमेरिकामा व्यापक रुपमा फैलिरहेको छ ।

एक नयाँ अध्ययनले अमेरिकामा बढी सङ्क्रामक मानिने कोरोना भाइरसका प्रकार द्रुत गतिमा बढ्दै गइरहेको र समुदायमा समेत प्रसारण भइरहेको पत्ता लगाएको हो । बेलायतमा पहिलो पटक देखिएको बी.१.१.७ नामको यो भाइरसबाट अमेरिकामा सङ्क्रमित हुनेको सङ्ख्या तुलनात्मक रुपमा कम भए पनि यो तीव्र रुपमा फैलिरहेको र उच्च स्तरमा बढ्दै जानसक्ने बताइएको छ ।

cura insider

अमेरिकामा प्रत्येक १० दिनमा नयाँ भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई गुणाले बढ्दै गएको छ । नयाँ रुपान्तरित भाइरस अमेरिकामा पहिलो तुलनामा ३५ देखि ४५ प्रतिशत थप सङ्क्रामक रहेको पाइएको छ । अमेरिकाको सीडीसीले आगामी मार्चसम्ममा यही नयाँ प्रकारको भाइरस सबै बिरामीमा हावी हुने अनुमान गरेको छ ।

यो नयाँ अध्ययन थुप्रै अनुसन्धानकर्ता र वैज्ञानिक मिलेर संयुक्त रुपमा गरिएको थियो । हाल अमेरिकामा प्रयोग भएका खोपलाई सुरुको भाइरसविरुद्ध काम गर्ने किसिमले निर्माण गरिएको हुँदा नयाँ भाइरसमा प्रभावकारी हुने–नहुनेसम्बन्धी पनि चिन्ता बढेको छ । सीडीसीका अनुसार ३३ राज्यमा बी.१.१.७ संस्करणका छ सय १० भन्दा बढी सङ्क्रमित भेटिसकेका छन् ।

जसमध्ये धेरैजसो सङ्ख्या फ्लोरिडा र क्यालिफोर्नियामा छन् । २९ डिसेम्बरमा पहिलो पटक अमेरिकामा नयाँ प्रकारको भाइरस भेटिएको घोषिणा गरिएको थियो । तर, नयाँ अध्ययनमा गरिएको विश्लेषणले देखाएअनुसार बी.१.१.७ संस्करण सम्भवतः सन् २०२० को नोभेम्बरमा अमेरिकाका राज्यमा फैलिसकेको थियो । हालसम्म बेलायतमा पहिलो पटक देखिएको नयाँ भाइरस विश्वका ८० भन्दा बढी देशमा पुगिसकेको छ ।

jackson ribon