birat ribon

उखुको जुस खानुका फाइदै–फाइदा

Neuro
उखुको जुस खानुका फाइदै–फाइदा

विराटनगर / उखु एक प्रकारको बाँसजस्तै घाँस हो ।

Padelux insider
cura insider

उखु, चिनीको प्राकृतिक स्रोतको रूपमा परिचित छ । उखुमा कार्बोहाइड्रेट, ग्लुकोज र क्यालोरी पाइन्छ । जसले गर्दा हाम्रो शरीरलाई धेरै फाइदा पु¥याउँछ । उखुको सेवनले उर्जा दिने, स्फूर्ति बढाउने, पाचन प्रणालीमा सुधार ल्याउने, शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने तथा रगतमा ग्लुकोजको मात्रा कायम राख्नेजस्ता काम गर्छ । यस्ता छन् उखुको सेवन गर्नुका फाइदा :

जाडोको समयमा हाइड्रेसन : जाडोमा मानिसहरू प्रायः पानी पिउन बिर्सन्छन् वा अन्य बेलाको तुलनामा निकै कम पानी पिउने गर्छन् । यस अवस्थामा, इलेक्ट्रोलाइट्सले भरिएको उखुको रसले शरीरमा पानीको मात्रा आपूर्ति गर्न मद्दत गर्छ ।

प्राकृतिक मूत्रवर्दक : अध्ययनले देखाएअनुसार उखुको रस एक प्राकृतिक मूत्रवर्दक हो । यसले मृगौलाको पत्थरीको जोखिम हटाउँछ र मूत्रपथमा सङ्क्रमण (युरिनरी ट्राक्ट इनफेक्सन) हुन दिँदैन ।

कलेजोलाई सुदृढ पार्न : आयुर्वेदका अनुसार उखुको रस पिउँदा कलेजो बलियो हुन्छ । त्यसैके जन्डिस भएको मानिसलाई उपचारको रूपमा उखुको रस सेवन गर्न सुझाव दिइन्छ ।

दाँत र डड्डीको स्वास्थ्यलाई बढावा दिन : उखुको रसमा फस्फोरस र क्याल्सियमको अधिक मात्रा हुन्छ र यसले दाँत र हड्डीलाई क्षति हुनबाट बचाएर बलियो बनाउँछ ।

छालाका लागि : उखुमा अल्फा हाइड्रोक्सी एसिड (एएचएए) हुन्छ, जुन प्राय छाला हेरचाह उपचारमा प्रयोग गरिन्छ । एएचएएसले एक्नेसँग लड्न, बुढ्यौलीलाई रोक्न र अनुहारमा भएको दागबाट छुटकारा पाउन मद्दत गर्नसक्छ ।

तौल घटाउन सहयोगी : यस प्राकृतिक रसमा फाइबरको मात्रा उच्च हुन्छ, जुन तौल घटाउनका लागि सहयोगी सावित भएको छ । यसबाहेक, उखुको रसमा रहेको प्राकृतिक स्वीटनरहरूको पनि कम ग्लाइसेमिक इन्डेक्स (जीआई) हुन्छ जसले रगतमा ग्लुकोजको मात्रा कायम राख्न मद्दत गर्छ ।

jackson ribon