birat ribon

किसान र बजारलाई प्रत्यक्ष जोडिने : मन्त्री अर्याल

Neuro
किसान र बजारलाई प्रत्यक्ष जोडिने : मन्त्री अर्याल

काठमाडौँ / कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताएकी छन् ।

मङ्गलबार कालीमाटी फलफूल तथा तरकारी बजारको अवलोकन गर्दै मन्त्री अर्यालले किसानको पसिनाको उचित मूल्य प्राप्त गर्नुपर्ने बताउँदै बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिका निम्ति मन्त्रालयले सोच बनाएको बताइन् । उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु आजको आवश्यकता भएकाले किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजारको ग्यारेन्टी सरकारले गर्ने उनको भनाइ छ । उत्पादनलाई बढावा दिने तथा उत्पादनलाई बजारमा बिक्री हुने वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने उनले बताइन् ।

cura insider

मन्त्री अर्यालले भोलि जुनसुकै परिस्थिति आउँदा पनि समस्या नआउने गरी मलको भण्डारण स्थापना गर्ने बताइन् । किसानलाई मलको अभाव हुन नदिने उनको भनाइ छ । अहिले गहुँ लगाउने सिजनमा पनि मल पर्याप्त रहेको र किसानले सहज ढङ्गले मल पाएको उनको दावी छ ।

मन्त्री अर्यालले कालीमाटी फलफूल तथा तरकारी बजारमा अनुगमनका क्रममा व्यवस्थित ल्याब रहेको भेटेको बताइन् । छिट्टै परीक्षण गरी खराब चिजहरुलाई नियन्त्रण गरी उपभोक्ताको जान नदिन फास्ट ट्रयाकबाटै काम भएको पाएको उनको भनाइ छ । उनले कालीमाटी बजारको फोहोर व्यवस्थापनलाई वैज्ञानिक हिसाबले व्यवस्थापन गर्ने चुनौती रहेको पनि बताइन् । त्यस्तै केही स्टलहरुको बेथितिलाई नियन्त्रण गरी प्रणालीमा ल्याउनुपर्ने उनको भनाइ छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारको साधारणसभासम्म मन्त्रालय र बजार व्यवस्थापन बसेर बेथिति अन्त्य गरी व्यवस्थित गराउनका निम्ति योजना लिएर आउने मन्त्री अर्यालले बताइन् ।

jackson ribon