birat ribon

आज चकलेट दिवस : चकलेट खाँदा स्वास्थ्यलाभ हुन्छ

Neuro
आज चकलेट दिवस : चकलेट खाँदा स्वास्थ्यलाभ हुन्छ

विराटनगर / बाल्यकालदेखि नै चकलेट स्वास्थ्यका लागि नराम्रो हुन्छ भनेर बताइने गरिन्छ ।

Padelux insider
cura insider

चकलेटलाई एक्ने, मोटोपना, उच्च रक्तचाप, मुटु रोग, दाँतमा क्षति र मधुमेहसँग जोडिएको हुन्छ । तर, चकलेटको सेवनले धेरै स्वास्थ्यलाभ पनि पुर्‍याउन सक्छ । चकलेट अत्यधिक पौष्टिक छ, विशेषगरी डार्क चकलेटमा उच्च मात्रामा कोको, खनिज र घुलनशील फाइबरले भरिएको हुन्छ । डार्क चकलेट जिङ्कको उत्तम स्रोतमध्ये एक हो ।

जसले शरीरमा करिब तीन सयभन्दा बढी इन्जाइमहरू सक्रिय पार्न र मेटाबोलिज्मलाई बढावा दिन जिम्मेवार हुन्छ । यसबाहेक चकलेटमा आइरन, म्याग्निसियम, तामा, म्यागनिज, पोटेसियम, फास्फोरस र सेलेनियममा पाइन्छ । चकलेटको सेवनले धमनीहरूको स्तर उत्तेजित गर्न सक्छ । जसले गर्दा नाइट्रिक अक्साइडको उत्पादन हुन्छ र यसले रगतको प्रवाहलाई कम गरेर रक्तचाप घटाउन सक्छ ।

रक्तचाप मात्र नभएर चकलेटले हृदयघात र स्ट्रोकको जोखिम कम गर्न सक्छ । यसले रगतमा एलडीएल वा खराब कोलेस्ट्रोलको स्तर कम गर्न मद्दत गर्छ, जुन स्ट्रोक र हृदयरोगका लागि जिम्मेवार कारकमध्ये एक हो । शरीरमा लामो समयसम्मको सुजन धेरै पुरानो रोगका लागि जिम्मेवार हुनसक्छ । र, चकलेटको सेवनले यस्ता सुजनबाट राहत प्रदान गरेर दीर्घरोगबाट बचाउन सक्छ ।

स्वास्थ्यका लागि मात्र नभएर चकलेट छालाका लागि पनि राम्रो हुन्छ । चकलेटमा हुने बायोएक्टिभ कम्पाउन्डले छालालाई सूर्यको क्षतिबाट बचाउन, छालामा रगत प्रवाह बढाउन र छालालाई हाइड्रेटेड राख्छ । चकलेटले एक्ने बढाउनका लागि सामान्य धारणा पनि गलत हो । चकलेटले राम्रो महसुस हर्मोन सेरोटोनिन र डोपामाइनलाई नियमित उत्पादन गर्छ ।

यी हार्मोनहरूले मुडलाई राम्रो बनाउन र उर्जावान महसुस गराउन सक्छ । डिप्रेसनबाट ग्रस्त व्यक्तिहरूका लागि पनि चकलेट सहयोगी हुन सक्छ । यसले मस्तिष्कको कार्यमा पनि सुधार ल्याउन सक्छ । चिनी र मधुमेह एकसाथ राम्रो मानिँदैन, तर चकलेट फरक छ । अध्ययनका अनुसार थोरै मात्रामा डार्क चकलेटको सेवनले टाइप २ मधुमेहका लक्षणहरूलाई कम गर्न मद्दत पुर्‍याउँछ ।

चकलेटका लाभ धेरे छन् भन्दैमा उच्च मात्रामा चकलेटको सेवन गर्नु भने हानिकारक हुनसक्छ । एक दिनमा ३० देखि ६० ग्राम मात्र चकलेटको सेवन गर्न उचित मानिन्छ । धेरै चकलेटको सेवन गर्नाले शरीरमा दैनिक क्यालोरीको मात्रा बढ्नेछ जसले तौल बढाउनेदेखि अन्य समस्या बढाउन सक्छ ।

jackson ribon