birat ribon

फेरि बढ्यो सुनको भाउ

Neuro
फेरि बढ्यो सुनको भाउ

काठमाडौँ / मङ्गलबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Padelux insider
cura insider

मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार नौ सय रुपैयाँ तोकिएको छ । सोमबार ९० हजार चार सय रुपैयाँमा सुनको कारोबार भएको थियो । तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

यसैगरी, चाँदीको मूल्यमा पनि तोलामा १५ रुपैयाँ बढेको छ । सोमबार एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मङ्गलबार एक हजार तीन सय ४० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

jackson ribon