birat ribon

ग्यास्ट्रिकले अल्सरदेखि क्यान्सरको जोखिम बढाउँछ

Neuro
ग्यास्ट्रिकले अल्सरदेखि क्यान्सरको जोखिम बढाउँछ

विराटनगर / ग्यास्ट्रिटिस वा ग्यास्ट्रिक पेटको भित्ता सुन्निने समस्या हो ।

Padelux insider
cura insider

ग्यास्ट्रिटिसको सुजन प्राय पेटको अल्सर निम्त्याउने ब्याक्टेरियमको सङ्क्रमणको परिणाम हुनसक्छ । खाना खाने समय नमिल्दा, चिल्लो पिरो खानाको अत्यधिक सेवन गर्दा, जङ्क फुडको सेवन, नियमित रूपमा दुखाइ कम गर्ने औषधि र धेरै मदिरा सेवन गर्दा पनि ग्यास्ट्रिटिसमा योगदान पुर्‍याउँछ ।

ग्यास्ट्रिटिस अचानक देखा पर्न सक्छ वा बिस्तारै–बिस्तारै लामो समयसम्म पनि देखा पर्दै जान सक्छ । ग्यास्ट्रिटिसले सधैँ लक्षण देखाउने गर्दैन । तर, धेरैजसो देखिने ग्यास्ट्रिटिसको लक्षण यस्ता छन् :

– पेट दुख्ने, पोल्ने, अपच हुने । यो समस्या खाएपछि निको हुने वा झन् अवस्था बिग्रिने हुनसक्छ ।

– वाकवाकी लाग्नु,

– खाइसकेपछि माथिल्लो पेटमा पूरै भरिएकोजस्तो अनुभूति हुने ।

खानपान र धुम्रपानबाहेक व्याक्टेरियल सङ्क्रमण, अत्यधिक वा नियमित दुखाइ कम गर्ने औषधिको सेवन गरेमा, उमेर बढ्दै गएमा, शरीरमा भिटामिन बी १२ को कमी भएमा, अत्यधिक रक्सीको सेवन गरेमा, तनाव, एड्स, मधुमेह, क्रोन्सलगायतका अन्य रोग भएमा, शरीर आफैँले पेटको कोषमा आक्रमण गर्न थालेमा ग्यास्ट्रिक हुने जोखिम बढी हुन्छ ।

उपचार नगरेमा, ग्यास्ट्रिकले पेटको अल्सर तथा पेटमा रक्तश्राव गराएर रगत नै वान्ता हुन सक्छ । केही ग्यास्ट्रिकको प्रकारहरूले पेटको क्यान्सरको जोखिम बढाउन सक्छ । विशेषगरी पेटको छाला पातलो भएमा तथा कोषमा परिवर्तन भएमा क्यान्सर हुने सम्भावना अधिक रहन्छ । लगभग कुनै न कुनै बेला सबैलाई अपच र पेट पोल्ने समस्या भइरहेको हुन्छ ।

अपचको प्रायः अवस्था केही समयमा तथा खानपानमा ध्यान दिएसँगै ठिक हुन्छ र चिकित्सा सहयताको आवश्यकता पर्दैन । तर, एक हप्ता वा सोभन्दा बढी ग्यास्ट्रिकको लक्षण तथा सङ्केतले सताइरहेमा डाक्टरकोमा जानु महत्त्वपूर्ण हुन्छ ।

jackson ribon