birat ribon

उल्टै प्रश्नले हायलकायल छन् पत्रकार

Neuro
उल्टै प्रश्नले हायलकायल छन् पत्रकार

घुम्दै–फिर्दै जाँदा कन्टिर–बाबूले सोमबार धनगढीमा सुदूरपश्चिमका पत्रकारहरूको एउटा जलसा देखे । सम्मुखको दृश्यबाट उनमा उत्पन्न कौतूहल भनिसाध्य रहेन । आखिर सन्दर्भ के रहेछ भनेर जान्न कन्टिर–बाबू बडो उत्सुक देखिए ।

Padelux insider
cura insider

कन्टिर–बाबूले जलसानजिकै जाने प्रयत्न गरे तर त्यसैमा मिसिने कोसिस भने गरेनन् । अरू देखिजान्नेमार्फत उनले जलसाबारे बुझ्ने प्रयत्न गरे । त्यो त ओल्बाका नकटवर्ती पत्रकारहरूको विशेष जमघट रहेछ । प्राप्त जानकारीका आधारमा उनको मनमा प्रश्न उव्जियो– आखिर यस्तो किसिमको जलसा र भिड–भडक्का प्रदर्शनको औचित्य के छ ?

त्यो जलसामा भाग लिन हावा–जहाजमा हुइँकिँदै काठमाडौँबाट पनि ढेरीढाकी मानिस आएका थिए । यहाँसम्म त बात ठीकै थियो । तर कन्टिर–बाबूलाई अचम्म त्यस बखत लाग्यो जब उनले थाहा पाए कि त्यस जलसामा फोटो–सुट गर्न केही मन्त्रीहरू पनि आएका थिए । भट्टजी र चौधरीजीलाई त कन्टिर–बाबूले नाम सुन्नासाथ चिनिहाले ।

अरे, जलसा बडो सानको थियो । हावा–जहाजबाट आएका मन्त्रीलाई स्वागत गर्न पत्रकारको लाबा–लस्कर धनगढी धावन–मार्गमै पुगेको थियो । त्यस बेला धावन–मार्ग धाउनेहरूको अपेक्षा के थियो थाहा छैन कन्टिर–बाबूलाई तर उनलाई लागेको थियो, जलसामा भाग लिन आएका मन्त्रीहरूले पत्रकारिताको केही नयाँ बात सिकाउनेछन्, मर्यादित पत्रकारिताको कुरा गर्नेछन् ।

तर ले घाँस … मन्त्रीले त खाली राजनीतिक बात गरे । सरकारलाई कामै गर्न दिइएन भन्दै झप्रमहरूलाई गाली गर्दागर्दै निर्धारित समय सिद्धिएछ । बीचमा सरकारले पत्रकारहरूका लागि राम्रो गर्न खोजेको थियो, विधेयक संशोधन गर्न चाहेको थियो तर पत्रकार महासङ्घले कामै गर्न दिएन पनि भनेछन् ।

कन्टिर–बाबूलाई यो कुरा खासै राम्रो लागेन । यसअघि झप्रमसमर्थक पत्रकारहरूको यस्तै जलसा देखेका कन्टिर–बाबू बुझ्न खोज्दै छन्– आखिर लाल–पत्रकारहरू एकातिर झप्रम र अर्कोतिर ओलीको फोटो हुबहु कपी–पेस्ट किन गरिरहेछन् ? उनीहरू आफैँ मुख्य जिम्मेवार भएर एक–अर्कालाई गलाउन शक्ति–प्रदर्शनको होडबाजीमा किन लागेका होलान् ?

सबै पत्रकारलाई कोरोना खोप दिन लागिएको कुरामा पनि कन्टिर–बाबू त्यति सहमत छैनन् । उमेरदार, बलिया–बाङ्गा पत्रकारलाई होइन कि पुराना, दीर्घरोगी नागरिकलाई प्राथमिकतामा राख्नुपर्ने कन्टिर–बाबूको धारणा छ । बलिया–बाङ्गा पत्रकारलाई प्राथमिकतामा परिएकोमा जनताले कुरा काटेका छन् । कन्टिर–बाबू जहिले पनि जनताको सही गुनासोलाई जायज मान्ने गर्छन् ।

ओल्बा समर्थक पत्रकारहरूको धनगढी भेलाबारे पनि मानिसले कुरा काटेका छन् । खयर यसमा कन्टिर–बाबूलाई धेरै मथ्था–दुखाइ छैन । तर जब समाजमा कुनै प्रश्न उठ्छ भने समाजले त्यसको उत्तर त खोज्छ नै ।

यस्तो ब्याक–ग्राउन्डमा कन्टिर–बाबू कपारमा बामा हात राखेर सोचिरहेछन्– जब अरूलाई प्रश्न सोधेर हायल पार्नुपर्ने पत्रकारहरू आफैँ अरूले सोधेका प्रश्नले कायल हुन्छन् भने त्यस अवस्थालाई मैथिली भाषामा के भनिन्छ ?

jackson ribon