विराटनगर / संसद (प्रतिनिधिसभा) विघटनविरुद्धको मुद्दाको सुनुवाइ आज (मंगलबार)का लागि स्थगित भएको छ ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा सुनुवाइ नहुने भएको हो । पाण्डेको सोमबार काठमाडौंमा निधन भएको थियो। सर्वोच्चका पूर्वन्यायाधीश र प्रधानन्यायाधीशको निधनमा श्रद्धाञ्जली व्यक्त गर्न एक दिन इजलास रोक्ने प्रचलन छ।
पाण्डेको निधनसँगै संसद विघटन विवाद सम्बन्धमा परेका रिटको सुनुवाइ बुधबारका लागि सरेको छ। सोमबार यस मद्दामा बहस जारी रहेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलबार सुनुवाइ स्थगित जानकारी दिएका थिए ।