birat ribon

ओली समूहको युवा संघ अध्यक्षमा सिंह, पदाधिकारीमा मोरङबाट तीन जना

Neuro
ओली समूहको युवा संघ अध्यक्षमा सिंह, पदाधिकारीमा मोरङबाट तीन जना

विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहेको सत्तारुढ नेकपाको राष्ट्रिय युवा संघ अध्यक्षमा बचनबहादुर सिंह चयन भएका छन् ।

Padelux insider
cura insider

मंगलबार बिहान २ बजेतिर सम्पन्न केन्द्रीय समिति बैठकले ओली समूहमा युवाको नेतृत्व गर्ने जिम्मेवारी सिंहलाई दिएको हो । तत्कालीन एमाले र माओवादी एकीकरणपछि बनेको राष्ट्रिय युवा संघको संयोजकमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ चयन भएका थिए । तर उनी नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहतिर लागेपछि ओली समूहको अध्यक्षमा सिंह चयन भएका हुन् ।

ओली समूहले सापकोटालाई अध्यक्षबाट हटाएको छ । अध्यक्षमा सिंह र रमेश पौडेलले दाबी गरिरहेका थिए । नेकपा नेता, पूर्व मन्त्री एवं युवा संघ इञ्चार्ज महेश बस्नेतको प्रस्तावमा सिंह अध्यक्ष भएका हुन् । बस्नेतले प्रस्ताव गरेको नामलाई बैठकले पारित गरेपछि अब युवाको नेतृत्व गर्ने जिम्मेवारी सिंहको काँधमा आएको हो ।

विधान अनुसार ४० वर्ष नपुगेकाले संघको नेतृत्व गर्न पाउँछन् । विधान अनुसार सिंहले करिब चार महिनाका लागि मात्रै अध्यक्ष बन्न पाउने छन् । उनी आगामी जेठमा ४० वर्ष पुग्ने भएकाले त्यसपछि युवा संघको नेतृत्व गर्ने जिम्मेवारी सहअध्यक्षमा चयन भएका किरण पौडेलमा पुग्ने । बैठकमा त्यही अनुसारको समझदारी पनि भएको स्रोतले बतायो ।

ओली समूहले युवा संघको सहअध्यक्षमा पौडेल र महासचिवमा रमेश आचार्यलाई चयन गरेको छ । उपाध्यक्षमा सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, किरण गौतम र सुमन पुरी चयन भएका छन् ।

उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारी चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी मुकेश बुढाथोकीलाई दिइएको छ । राकेश लामा र हिमेश केसी सहकोषाध्यक्ष बनेका छन् ।

यसैबीच ओली समूहको राष्ट्रिय युवा संघको पदाधिकारीमा चयन भएका तीन जना मोरङका हुन् । उपाध्यक्ष बनेका रविन थापा र अञ्जना अधिकारी तथा कोषाध्यक्ष मुकेश बुढाथोकी मोरङका बासिन्दा हुन् । थापा र अधिकारी केही समयदेखि ओली समूहमा रहेर राजनीतिमा सक्रिय छन् ।

राजनैतिक एवं सामाजिक क्षेत्रमा क्रियासिल रहेका बुढाथोकी युवाबीच लोकप्रीय नेताका रुपमा चिनिन्छन् । विभिन्न संघ संस्थामा आवद्ध रहेका उनी सामाजिक काममा सक्रिय रहेका परिचित युवा नेता हुन् ।

jackson ribon