birat ribon

दाहाल–नेपाल समूहले गर्ने जनप्रदर्शनको तयारी तीव्र

Neuro
दाहाल–नेपाल समूहले गर्ने जनप्रदर्शनको तयारी तीव्र

विराटनगर / आन्दोलनरत सत्तारुढ नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले भोलि (बुधबार) काठमाडौंमा गर्न लागेको वृहद जनप्रदर्शनको तयारी तीव्र पारिएको छ ।

Padelux insider
cura insider

दाहाल–नेपाल समूहले काठमाडौंको पाँच ठाउँबाटै एकै पटक जुलुस निकालेर प्रदर्शन गर्न लागेको हो । यसअघि पनि यो समूहले काठमाडौंमा प्रदर्शन गरेको थियो । बुधबार पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्ने रुट तय गरिएको छ ।

पुल्चोकबाट निस्कने जुलुसको कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल लगायतले नेतृत्व गर्ने भएका छन् । पुल्चोकबाट निस्किएको जुलुस कुपण्डोल, थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धरा पुगेर मुल जुलुसमा मिसिनेछ । त्रिपुरेश्वरबाट निस्कने जुलुको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकुन्द न्यौपानेले गर्नेछन् । जुसल सुन्धरा पुगेर मुल जुलसमा मिसिनेछ । माइतीघर मण्डलाबाट निस्कने जुलुसको नेतृत्व अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मात्रिका यादव, हरिबोल गजुरेलले गर्नेछन् । यो जुलुस थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुग्नेछ ।

केशरमहलबाट निस्कने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतले नेतृत्व गर्नेछन् । यो जुलुस दरबारमार्ग, तीनधारा पाठशाला, जमल, कमलाक्षी, असन, इन्द्र चोक हुँदै न्युरोड पुग्नेछ । जमलबाट निस्कने जुलुसको नेतृत्व भने लीलामणि पोखरेल लगायतले गर्नेछन् । यो जुलुस कमलादी, असन, इन्द्रचोक, जुद्धशालीक, न्युरोड हुँदै सुन्धारा पुग्नेछ । त्यसपछि सुन्धाराबाट निस्कने मूल जुलुसले सुन्धारा, बीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक पद्योदय मोड हुँदै प्रदर्शनमार्गमा सभा हुने भएको छ । यो समूहले माघ २८ मा हुने जनप्रदर्शन निर्णायक हुने दाबी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपछि नेकपा विभाजित बनेको छ । नेकपाको दाहाल–नेपाल समूह आन्दोलनका लागि सडकमा निस्किएको छ ।

jackson ribon