birat ribon

बेलायतबाट राजदूत सुवेदी नेपाल फर्किए

Neuro
बेलायतबाट राजदूत सुवेदी नेपाल फर्किए

विराटनगर / राजदूत डा. दुर्गाबहादुर सुवेदी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर बेलायतबाट नेपाल फर्किएका छन् ।

Padelux insider
cura insider

श्रीमती पुनम राज्यलक्ष्मी सुवेदीसहित उनी आइतबार नेपाल फिर्ता भएका हुन् । राजदूत सुवेदीलाई लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनालसहित दूतावासका कर्मचारीले विमानस्थल पुगेर विदाइ गरेका थिए ।

गत सेप्टेम्बरमै उनको चार वर्षे कार्यकाल पूरा भएको थियो । तर कोरोना महामारी लगायत नयाँ राजदूत नियुक्ति प्रक्रियामा भएको ढिलाइका कारण उनको बसाइ थप लम्बिएको थियो । राजदूत सुवेदीले एक विज्ञप्ति जारी गर्दै संयुक्त अधिराज्य (बेलायत) आयरल्याण्ड, र माल्टाका लागि नेपाली राजदूतका रुपमा आफ्नो चार वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको बताए ।

सन् २०१६ सेप्टेम्बर महिनामा बेलायतका बेलायतका लागि २० औं नेपाली राजदूतका रुपमा ५४ वर्षीय डा. सुवेदी बेलायत पुगेका थिए । उनी नेपाल सरकारको परराष्ट्र सेवामा ३२ वर्षदेखि निरन्तर सेवारत छन् ।आफ्नो कार्यकालमा उनले लन्डन दूतावासको सेवा सुविधालाई थप सहज र चुस्त बनाए ।

कूटनैतिक र प्रशासनिक काम कारवाहीमा पनि सफल रहेको बताउने राजदूतको कार्यकालका कतिपय कामहरु अझै प्रक्रियामा नै छन् । निकै अघिदेखिको भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समाधानका लागि सुवेदीले सक्रिय भूमिका निर्वाह गरेका थिए । ब्रिटेन र नेपालबीचको सम्बन्धमा पनि उल्लेखनीय भूमिका निर्वाह गरेको र विगतमा भन्दा अझ बढी काम भएको सुवेदीले बताए ।

jackson ribon