birat ribon

मोरक्कोमा भीषण बाढीपहिरो : कम्तीमा २५ जनाको मृत्यु

Neuro
मोरक्कोमा भीषण बाढीपहिरो : कम्तीमा २५ जनाको मृत्यु

विराटनगर / अविरल वर्षापछि मोरक्कोमा भीषण बाढीपहिरो गरेको छ । बाढीपहिरोका कारण कम्तीमा जनाको ज्यान गएको छ ।

देशको उत्तरतर्फ पर्ने तान्गिरमा सोमबार वर्षापछि भीषण बाढीपहिरो गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलबाट २५ शव निकालिएको र १० जनाको उद्धार गरिएको छ ।

cura insider

मृत्यु भएकाहरुको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ । मृतकहरु सबै गैरकानुनी रुपमा सञ्चालित कपडा कारखानामा काम गर्ने २० देखि ४० वर्ष उमेर समूहका कामदार रहेको जनाइएको छ ।

घटनास्थलमा खोजी तथा उद्धारको कामलाई जारी राखिएको सरकारी अधिकारीले जनाएका छन् । घटनामा थप कति कमदारहरू परेका छन् भन्ने यकिन हुन सकेको छैन ।

jackson ribon