birat ribon

नेपाल प्रहरीभित्र वृत्ति विकासका लागि नयाँ मापदण्ड बनाइँदै

Neuro
नेपाल प्रहरीभित्र वृत्ति विकासका लागि नयाँ मापदण्ड बनाइँदै

विराटनगर / नेपाल प्रहरीभित्र जुनियर अधिकृतको वृत्ति विकासका लागि नयाँ मापदण्ड बनाइँदै छ ।

Padelux insider
cura insider

यसबारे गम्भीर रुपमा छलफल सुरु गरिएको छ । लामो समयदेखि बढुवा हुन नसकेका जुनियर अधिकृतहरूको वृत्ति विकासका लागि नयाँ मापदण्ड महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । नयाँ मापदण्ड बने इन्स्पेक्टर र असइका रिक्त पदमा ६० प्रतिशत बढुवामार्फत र ४० प्रतिशत पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिनेछ । अहिले ६० प्रतिशत खुला प्रतिस्पर्धाबाट र ४० प्रतिशत बढुवा प्रक्रियाबाट पदपूर्ति गर्ने व्यवस्था छ ।

समयमै वृत्ति विकास नहुँदा प्रहरीका जुनियर अधिकृत १७ वर्षदेखि एउटै पदमा कार्यरत छन् । यही समस्याका कारण पछिल्लो ३० महिनामा सइभन्दा मुनिका पाँच हजार नौ सय ९७ कर्मचारीले राजीनामा दिएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जुनियर प्रहरी अधिकृतको वृत्ति विकास गर्न नयाँ मापदण्ड बनाउनेबारे छलफल सुरु भएको बताए । ‘जुनियर प्रहरी अधिकृतको वृत्ति विकास रोकिएको छ । यसले धेरै जुनियर प्रहरी अधिकृतको करिअरमा प्रभाव परेको छ । यो समस्या समाधान गर्न नेपाल प्रहरी लागेको छ । नयाँ मापदण्ड बनाउन छलफल चलाइएको छ,’ प्रवक्ता कुँवरले भने । उनका अनुसार नयाँ मापदण्ड बनेपछि जुनियर प्रहरी अधिकृतको वृत्ति विकाससम्बन्धी गुनासा केही हदसम्म समाधान हुनेछन् ।

आन्तरिक छलफलपछि प्रहरीले नेपाल प्रहरी नियमावली ०७१ संशोधन गर्न गृह मन्त्रालयमा प्रस्ताव लैजानेछ । कानुन र अर्थ मन्त्रालयले स्वीकृत दिएपछि नयाँ नियमावली लागू हुनेछ ।

नेपाल प्रहरीमा झन्डै ८० हजार सुरक्षाकर्मीको दरबन्दी छ । तीमध्ये साढे छ हजार दरबन्दी रिक्त छ । समयमै वृत्ति विकास नहुँदा जुनियर तहका धेरै प्रहरी अधिकृतले राजीनामा दिई सेवा छाडिरहेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon