birat ribon

फाइनलका लागि युभेन्टस र इन्टर भिड्दै

Neuro
फाइनलका लागि युभेन्टस र इन्टर भिड्दै

विराटनगर / कोपा इटालियामा आज सर्वाधिक धेरै १३ पटकको विजेता टोली युभेन्टसले इन्टर मिलानसँग खेल्दैछ । सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा यी दुईले एक–अर्काको सामना गर्न लागेका हुन् ।

Padelux insider
cura insider

युभेन्टसको मैदानमा हुने यो खेल नेपाली समयानुसार राति १ः३० बजे सुरु हुनेछ । जहाँ, दुवै टोली फाइनल पुग्ने योजनामा हुनेछन् । यसअघि पहिलो लेगको खेलमा जित निकालेका कारण आज घरेलु टोली युभेन्टस बलियो अवस्थामा छ ।

मङ्गलबार राति सेमिफाइनल खेलको पहिलो लेगमा युभेन्टसले इन्टरलाई २–१ गोलले हराएको थियो । इन्टरको मैदान सान सिरोमा युभेन्टसलाई जिताउन क्रिस्टियानो रोनाल्डोले दुवै गोल गरेका थिए भने इन्टरका लाउटारो मार्टिनेजको सान्त्वना बनेको थियो ।

अब, युभेन्टस बराबरीमा रोकिएमा पनि अघिल्लो चरण पुग्नेछ भने इन्टरलाई जित निकाल्नै पर्ने दबाब छ । यसअघि युभेन्टसले एसपिएएल तथा इन्टरले एसी मिलानलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

jackson ribon