birat ribon

बार्सिलोनालाई उछिन्ने दाउमा रियल

Neuro
बार्सिलोनालाई उछिन्ने दाउमा रियल

विराटनगर / स्पेनिस ला लिगामा आज साविकको विजेता रियल मड्रिडले गेटाफेसँग खेल्दैछ । आज राति १ः४५ बजे हुने यो खेल रियलको मैदान स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा हुनेछ ।

Padelux insider
cura insider

यस खेलमा रियल बार्सिलोनालाई उछिन्दै दोस्रो स्थानमा उक्लिने दाउमा हुनेछ । हाल तेस्रो स्थानमा रहेको रियलसँग ४३ अङ्क छ । समान अङ्क भएको बार्सिलोना गोलान्तरको आधारमा अगाडि छ ।

अब, गेटाफेलाई हराएमा वा बराबरी खेलेमा पनि रियल दोस्रो स्थानमा उक्लिनेछ । गेटाफे भने २४ अङ्कसहित १३औँ स्थानमा छ ।

jackson ribon