birat ribon

तीन प्रतिशतले मूल्यवृद्धि

Neuro
तीन प्रतिशतले मूल्यवृद्धि

विराटनगर / चालूआर्थिक वर्षको ६ महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.५६ प्रतिशत रहेको छ ।

Padelux insider
cura insider

मुद्राको अवमूल्यन हुँदा ३.५६ प्रतिशतकै दरमा मूल्यवृद्धि भएको छ । यसैगरी ६ महिनाको अवधिमा आयात ४.८ प्रतिशतले घटेको छ भने निर्यात ६.१ प्रतिशतले बढेको छ ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.१ प्रतिशतले र अमेरिकी डलरमा ६.७ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति एक खर्ब २४ अर्ब ९२ करोडले बचतमा छ ।

नेपाल राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ७८ करोड अमेरिकी डलर रहेको छ । ६ महिनाको अवधिमा संघीय सरकारको खर्च चार खर्ब १५ अर्ब ७५ करोड र राजस्व परिचालन चार खर्ब २२ अर्ब २४ करोड भएको छ ।

राष्ट्र बैंकका अनुसार विस्तृत मुद्राप्रदाय ९.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २३ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.२ प्रतिशत र निजी क्षेत्रमाथिको दाबी ११ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २२ प्रतिशत र निजी क्षेत्रमाथिको दाबीको वृद्धिदर १५ प्रतिशत छ ।

६ महिनाको अन्तरालमा मूल्यवृद्धि ३.५६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा ६.८२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.२७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहक मुद्रास्फीति २.९९ प्रतिशत रहेको छ । राजधानी दैनिकमा समाचार छ

jackson ribon