birat ribon

लिड्सले आर्सनललाई उछिन्यो

Neuro
लिड्सले आर्सनललाई उछिन्यो

विराटनगर / इङ्गलिस प्रिमियर लिगमा लिड्स युनाइटेडले क्रिस्टल प्यालेसलाई हराएको छ । सोमबार राति आफ्नै मैदानमा लिड्सले क्रिस्टललाई २–० गोलले हराएको हो ।

लिड्सको जितमा ज्याक ह्यारिसन र प्याट्रिक बामफर्डले समान एक–एक गोल गरे । खेलको तेस्रो मिनेटमा ह्यारिसनले गोल गर्दै लिड्सलाई अग्रता दिलाए ।

cura insider

५२औँ मिनेटमा बामफर्डले गोल गर्दै लिड्सलाई २–० गोलले जिताए ।

जितसँगै लिड्स आर्सनललाई उछिन्दै दसौँ स्थानमा उक्लिएको छ । उसले २२ खेलमा ३२ अङ्क जोडेको छ । २३ खेल खेलेको आर्सनल ३१ अङ्कका साथ एघारौँ स्थानमा छ ।

क्रिस्टल भने २९ अङ्कसहित १३औँ स्थानमा छ ।

jackson ribon