birat ribon

दुर्घटनामा दुई जनाको मृत्यु

Neuro
दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर / झापा र मोरङमा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । एक जना सामान्य घाइते भएका छन् ।

झापाको गौरादह नगरपालिका–९ स्थित भित्री सडक खण्डमा को १३ प ३०४० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भयो । सोमबार साँझ भएको दुर्घटनामा परेर मोटरसाइकल चालक गौरादह–९ वैगुनधुराका ३४ वर्षीय पुरुषोत्तम फुयाँलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको जनाएको छ ।

cura insider

त्यस्तै मोरङको बेलबारी नगरपालिका–३ स्थित पूर्व–पश्चिम लोकमार्गमा स्कुटरको ठक्करबाट पैदल यात्रा गरिरहेकी एक किशोरीको मृत्यु भएको छ । पश्चिमतर्फ आउँदै गरेको को ९ प ७१८८ नम्बरको स्कुटरले ठक्कर दिँदा १७ वर्षीया कल्पना लिम्बूको ज्यान गएको हो ।

स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी लिम्बूको उपचारका क्रममा सोमबार दिउँसो विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । दुर्घटनामा स्कुटर चालक बेलबारी नगरपालिका–४ बुधबारेका २७ वर्षीय अनमोल बस्नेत पनि सामान्य घाइते भएका ।

उनको नोबेल सामुदायिक अस्पताल बेलबारीमा प्रहरी निगरानीमा उपचार भइरहेको छ । स्कुटरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको ढकालले बताए । उनका अनुसार सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त नगरेका चालकले तीव्र गतिमा स्कुटर कुदाउँदा दुर्घटना भएको हो ।

jackson ribon