birat ribon

स्वारेजको दुई गोल, एथ्लेटिको बराबरीमा रोकियो

Neuro
स्वारेजको दुई गोल, एथ्लेटिको बराबरीमा रोकियो

विराटनगर / स्पेनिस ला लिगामा लिग लिडर एथ्लेटिको मड्रिड सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा एथ्लेटिको आफ्नै मैदानमा सेल्टासँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

Padelux insider
cura insider

वान्डा मेट्रोपोलिटियानोमा एथ्लेटिकोका लागि लुइस स्वारेजले दुई गोल गरे । सेल्टाका सान्ति मिना र फाकुन्डो फेर्रेराले समान एक–एक गोल गरे ।

खेलमा सेल्टा भिगोले सुरुआती अग्रता बनाएको थियो । १३औँ मिनेटमा मिनाले गोल गर्दै सेल्टालाई अग्रता दिलाए । ४५औँ मिनेटमा स्वारेजले गोल गर्दै एथ्लेटिकोलाई बराबरीमा फर्काए ।

६०औँ मिनेटमा स्वारेजले दोस्रो गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाएका थिए । तर, खेल सकिन एक मिनेट बाँकी रहेको अवस्थामा सेल्टाका फेर्रेराले गोल गर्दै सेल्टालाई बराबरीमा फर्काए ।

यस बराबरीसँगै शीर्ष स्थानको एथ्लेटिकोले ५१ अङ्क जोडेको छ । उसले २० खेल खेलेको छ । ऊ दोस्रो स्थानको बार्सिलोनाभन्दा आठ अङ्कले अगाडि छ । २१ खेल खेलेको बार्सिलोनासँग ४३ अङ्क छ ।

सेल्टा भिगो भने २६ अङ्कका साथ दसौँ स्थानमा उक्लिएको छ । उसले २२ खेल खेलेको छ ।

jackson ribon