birat ribon

बेलायतमा निको हुने र उपचाररत सङ्क्रमितको सङ्ख्या लगभग बराबरी

Neuro
बेलायतमा निको हुने र उपचाररत सङ्क्रमितको सङ्ख्या लगभग बराबरी

विराटनगर / पछिल्लो समय कोरोना भाइरस तीव्र रुपमा फैलिइरहेको बेलायतमा निको हुने र उपचाररत सङ्क्रमितको सङ्ख्या लगभग बराबरी रहेको छ ।

Padelux insider
cura insider

केही समययता बेलायतमा तीव्र रुपमा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको छ । बेलायतमा हालसम्म ३९ लाख ५९ हजार सात सय ८४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा १४ हजार एक सय चार जना नयाँ बिरामी थपिए ।

सङ्क्रमितमध्ये १९ लाख ५० हजार आठ सय ८६ जना उपचारपछि निको भइसकेका छन् । उपचारपछि निको भएर डिस्चार्ज भएकाहरु कोरोनामुक्त हुँदै घर फर्किएका छन् । हाल बेलायतमा १८ लाख ९६ हजार एक सय जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये तीन हजार पाँच सय पाँच जनाको अवस्था चिन्ताजनक छ ।

बेलायतमा उपचाररतभन्दा निको हुने सङ्क्रमितको सङ्ख्या ५४ हजार सात सय ८६ ले मात्रै बढी छ । सोमबारसम्म निको हुनेभन्दा उपचाररतको सङ्ख्या धेरै थियो । तर पछिल्लो २४ घण्टामा निको हुनेको सङ्ख्या केही मात्रामा बढेको हो । अरु मुलुकमा भने उपचार गराइरहेकाभन्दा निको हुने सङ्क्रमितको सङ्ख्या धेरै छ ।

बेलायतमा एकै दिन तीन सय ३३ जनाको ज्यान गएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या एक लाख १२ हजार सात सय ९८ पुगेको छ । बेलायत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पाँचौं नम्बरमा रहेको मुलुक हो ।

अमेरिकामा हालसम्म दुई करोड ७६ लाख ९० हजार सात सय ४० जनामा कोरोना पुष्टि भएको छ । एकै दिन ७७ हजार एक सय ४२ जना नयाँ बिरामी थपिए । सङ्क्रमितमध्ये एक करोड ७४ लाख ९७ हजार पाँच सय ७३ जना उपचारपछि निको भएका छन् । ९७ लाख १६ हजार आठ सय ६६ जना उपचाररत रहेकोमा २१ हजार आठ सय ३१ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार तीन सय ५९ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म ज्यान गुमाउने सङ्क्रमित सङ्ख्या चार लाख ७६ हजार तीन सय एक पुगेको छ । अमेरिका कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्कै पहिलो नम्बरमा रहेको मुलुक हो ।

छिमेकी मुलुक भारतमा एकै दिन आठ हजार आठ सय ५५ जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड आठ लाख ४७ हजार छ सय ९८ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड पाँच लाख ४६ हजार सात सय २५ जना उपचारपछि निको भएका छन् । एक लाख ४५ हजार सात सय ८१ जनाको उपचार भइरहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

भारतमा एकै दिन सात सय २५ सङ्क्रमितको मृत्यु भयो । हालसम्म ज्यान गुमाउने सङ्ख्या एक लाख ५५ हजार एक सय ९२ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

कोरोना प्रभावितमध्ये तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा हालसम्म ९५ लाख ४८ हजार ७९ जनामा सङ्क्रमण पुष्टि भएको छ । एकै दिन २३ हजार चार सय ३९ जना नयाँ बिरामी थपिए । ८४ लाख ४७ हजार छ सय ४५ जना सङ्क्रमित उपचारपछि निको भएका छन् ।

आठ लाख ६८ हजार दुई सय ६४ जनाको उपचार भइरहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा छ सय नौ जनाको ज्यान गएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या दुई लाख ३२ हजार एक सय ७० पुगेको छ ।

रसियामा एकै दिन १५ हजार नौ सय १६ जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या ३९ लाख ८३ हजार एक सय ९७ पुगेको छ । सङ्क्रमितमध्ये ३४ लाख ७२ हजार ९१ जना उपचारपछि निको भएका छन् ।

चार लाख ३४ हजार ३८ जनाको उपचार भइरहेकोमा दुई हजार तीन सय जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा चार सय सात जनाले ज्यान गुमाएसँगै हालसम्म ७७ हजार ६८ सङ्क्रमितको मृत्यु भइसकेको छ । रसिया कोरोना प्रभावितमध्ये विश्वकै चौथो नम्बरमा रहेको मुलुक हो ।

विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या १० करोड ६९ लाख ७१ हजार ६६ पुगेको छ । एकै दिन दुई लाख ९३ हजार आठ सय ५९ नयाँ बिरामी थपिए । सङ्क्रमितमध्ये सात करोड ८९ लाख ४४ हजार पाँच सय ५७ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै घर फर्किएका छन् ।

दुई करोड ५६ लाख ९१ हजार पाँच सय ३२ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये एक लाख तीन हजार चार सय २६ जनाको अवस्था चिन्ताजनक छ । पछिल्लो २४ घण्टामा सात हजार पाँच सय ३२ जनाको ज्यान गएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या २३ लाख ३४ हजार नौ सय ७७ पुगेको छ ।

jackson ribon