birat ribon

केपी ओली र विद्या भण्डारीलाई जनताले भोट दिएका हाेइनन् : पहाडी

Neuro
केपी ओली र विद्या भण्डारीलाई जनताले भोट दिएका हाेइनन् : पहाडी

देवानगञ्ज, २६ माघ । मानवअधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओली र विद्यादेवी भण्डारी जनताद्वारा निर्वाचित नभएकाे बताएका छन् । सोमबार सुनसरीको देवानगञ्जमा आयोजित देशको समसामयिक राजनीतिक एवं संसद् विघटन विषयमा अन्तर्क्रिया कार्यक्रममा बोल्दै पहाडीले यस्तो बताएका हुन् ।

Padelux insider
cura insider

‘तपाईँहरूले यस क्षेत्रबाट सीताराम मेहतालाई भोट हाल्नुभएको हो । खड्गप्रसादलाई होइन, विद्यादेवी भण्डारीलाई होइन । त्यो पद्दती छैन । तपाईँले सांसदलाई भोट हाल्नुभयो । यसैले जनतामा सार्वभौम सत्ताको अधिकार छ,’ उनले भने ।

यसैगरी पहाडीले प्रधानमन्त्री ओलीले संसद् विघटनसँगै संविधान र आफ्नै दलमा आगो लगाएका बताए । उनले भने, ‘ओलीले आफ्नै दलमा आगो लगाए, संसदमा आगो लगाए र संविधानमा पनि आगो लगाएर देशलाई अस्तव्यस्त बनाउनुभयो । अब उहाँले धेरै कुरामा आगो लगाउन बाँकी छ । संसद विघटनले जनताको अधिकार जोखिममा परेका छन् ।’

पहाडीले जनता विवेकशून्य नभएको उल्लेख गर्दै जनता विवेकशील भएको बताए ।

रेडियो नागरिकका अध्यक्ष अरबिन्द मेहताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुनसरी क्षेत्र नं २ का विघठित प्रतिनिधिसभा सदस्य सीताराम मेहता, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामरिझन यादव, देवानगञ्ज गाउँपालिका उपाध्यक्ष पुनितादेवी यादवलगायतको उपस्थिति थियो ।

jackson ribon