काठमाडौँ / सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यातायात व्यवसायलाई प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोमबार सिंहदरबारस्थित मन्त्रीको कार्यकक्षमा नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका पदाधिकारीसँगको सामूहिक भेटमा मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
ट्याक्सी, बस, कारलगायतका सार्वजनिक सवारी साधन सञ्चालनको कामलाई प्रभावकारी बनाउन यातायातको क्षेत्रलाई प्रविधिमैत्री बनाउने बताउँदै उनले ग्राहकलाई ठगिनबाट जोगाउन तथा सडक जामलगायतका समस्या नहुने व्यवस्था मिलाउन पनि यातायात व्यवसायलाई प्रविधिसँग जोडेर अघि बढ्नु पर्नेमा जोड दिए ।