birat ribon

कोरोना भाइरसका चिन्ताजनक तीन नयाँ प्रकार

Neuro
कोरोना भाइरसका चिन्ताजनक तीन नयाँ प्रकार

विराटनगर / कोरोना भाइरसका नयाँ प्रकारहरू विकसित हुनु अनपेक्षित होइनन् । फैलिनका निम्ति सबै भाइरसहरू उत्परिवर्तित भई आफूलाई नयाँ रूपमा ढाल्ने गर्छन् । कोभिडका पनि कैयौँ हजार फरक–फरक नयाँ भेरियन्ट अर्थात् प्रकारहरू फैलिरहेका छन् । तिनीहरूमध्ये अधिकांश सामान्य हुन् । तर, केहीचाहिँ अझ बढी हानिकारक, धेरै सङ्क्रामक हुन सक्छन् ।

Padelux insider
cura insider

युके, दक्षिण अफ्रिका र ब्रजिलमा देखिएको भाइरसको भेरियन्ट सुरुवाती कोरोना भाइरसभन्दा अझ बढी सङ्क्रामक अथवा पहिलाको भन्दा छिट्टै सर्नेखालको देखिएको छ । सेप्टेम्बर महिनामा देखिएको युके अथवा केन्ट स्ट्रेन ७० प्रतिशतभन्दा बढी सङ्क्रामक हुन सक्ने विज्ञहरूले बताएका छन् ।

केही अनुसन्धानका अनुसार युके भेरियन्टले ३० प्रतिशतभन्दा बढी मृत्युको जोखिम निम्त्याउन सक्छ । गत अक्टोबरमा देखिएको दक्षिण अफ्रिका भेरियन्टमा एन५०१ वाई नामक उत्परिवर्तनले भाइरसलाई झन् सङ्क्रामक हुन अथवा सजिलै फैलिन मद्दत गर्छ ।

त्यस्तै, जुलाईमा देखिएको ब्राजिल भेरियन्ट पनि दक्षिण अफ्रिका भेरियन्टजस्तै हो । सुरुको कोरोना भाइरसको जस्तै ज्येष्ठ नागरिक अथवा गम्भीर स्वास्थ्य समस्या भएका मानिस नयाँ भाइरसको उच्च जोखिममा छन् ।

अहिले उपलब्ध खोपहरू सुरुको कोरोना भाइरसलाई ध्यानमा राखेर बनाइएका हुन् । तर, ती खोपहरूले नयाँ प्रकारको भाइरसमा केही हदसम्म काम गर्ने वैज्ञानिकहरूको विश्वास छ । हाल उपलब्ध खोपमा परिवर्तन गर्नुपर्नेमा त्यसका लागि विज्ञहरूले काम गरिरहेका छन् ।’

jackson ribon