birat ribon

आन्दोलनमा काङ्ग्रेस कसैसँग मिल्नु जरुरी छैन : महामन्त्री कोइराला

Neuro
आन्दोलनमा काङ्ग्रेस कसैसँग मिल्नु जरुरी छैन : महामन्त्री कोइराला

काठमाडौँ / नेपाली काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्न नहुने बताएका छन् । सोमबार नेपालका पूर्व प्रधानमन्त्री सुशील कोइरालाको छैटौँ स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिस्ट युथ सर्कलले काठमाडौँमा आयोजना गरेको सङ्कटमा संविधान विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्न नहुने बताएका हुन् ।

Padelux insider
cura insider

नेपाली काङ्ग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जान नहुने उनको भनाइ छ । संयुक्त आन्दोलनमा गए काङ्ग्रेसलाई घाटा हुने उनको तर्क छ । महामन्त्री कोइरालाले आफ्ना कार्यकर्ताहरूलाई एकजुट बनाएर लिएर जान सके काङ्ग्रेसको भविष्य उज्ज्वल रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले संविधानको रक्षा गर्नु अहिलेको मूल दायित्व भएको बताए । उनले संविधान, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्नुपर्ने बताए । अहिले सङ्घीयता र धर्मनिरपेक्षताका बारेमा प्रश्न उठाएर संविधानलाई कमजोर बनाउन नहुने उनको भनाइ छ । नेता पन्तले वैशाखमा निर्वाचन नहुने भन्दै संविधानको रक्षाका निम्ति सबै राजनीतिक दल मिलेर आन्दोलनमा जानुपर्ने धारणा राखे ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले अहिले समस्याको मुख्य जड प्रधानमन्त्री ओलीको मानसिकता रहेको बताए । ओलीलाई जनताले संसद्, संविधान र कानुनको अधिनमा बसेर शासन गर्न चुनाव जिताएर पठाएको भए पनि कानुन, संविधान, अदालत केही नमान्ने प्रवृत्ति ओलीमा रहेको उनको भनाइ छ ।

नेता रिजालले संसद् विघटनअघि एकै ठाउँमा बसेका मान्छेहरू अहिले विभक्त भएको भन्दै कुनै एकको पक्षमा नेपाली काङ्ग्रेस नलाग्ने पनि स्पष्ट पारे ।

jackson ribon