विराटनगर / देशभर सोमबार थप सात जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप सात जनाको कोरोनाबाट मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार ४५ पुगेको छ ।
नेपालमा आज थप एक सय ३० सङ्क्रमित थपिएका छन् । यससँगै कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार ५५ पुगेको छ ।
यस्तै आज एक सय ९४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार दुई सय ६६ पुगेको छ ।
हाल एक हजार सात सय ४४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।