birat ribon

दुई वर्षपछि बच्चाको नाक–कान छेड्नु उपयुक्त

Neuro
दुई वर्षपछि बच्चाको नाक–कान छेड्नु उपयुक्त

विराटनगर / नेपालका धेरैजसो भागमा बच्चाहरूको कान वा नाक छेड्ने परम्परा छ । त्यस्तै, संसारका धेरै देशमा बच्चाको कान र नाक छेड्ने गरेको पाइन्छ ।

Padelux insider
cura insider

तर, धेरैजसो मानिसलाई आफ्नो बच्चाको कुन उमेरमा नाक वा कान छेड्नुपर्छ भन्ने कुरा थाहा हँुदैन । सही समयमा कान नछेड्दा, बच्चाहरूमा कानको सङ्क्रमण हुने, कान पाक्ने, घाउ हुनेजस्ता समस्या हुनसक्छन् ।

कान छेड्ने काम सही ढङ्गले गरिएको तथा सरसफाइमा ध्यान राखिएको छ भने कुनै खतरा हुने सम्भावना हुँदैन । अमेरिकन एकेडेमी अफ पेडियाट्रिसियनका अनुसार कम्तिमा दुई वर्षको उमेरपछि बच्चाको कान छेड्नु राम्रो हुन्छ । दुई वर्षको उमेरपछि बच्चाहरूले आफ्नो कानमा आएको समस्याका बारेमा बताउन सक्छन् ।

बच्चाको शरीरमा एलर्जीको सम्भावना कम हुन्छ र बच्चाले छेडेपछिका सावधानीका उपाय पनि बुझ्न सक्छ । यस समयसम्म, बच्चाले सबै खोप पनि लिइसकेको हुन्छ । कान छेड्दा घाउ निको हुन करिब चारदेखि ६ हप्ता लाग्छ । यस समयमा कानको सङ्क्रमणमा हुन नदिन उचित ध्यान राख्नुपर्छ । हप्तामा एकपटक कान तल–माथि गर्ने प्रयास गर्नुपर्छ ।

प्रत्येकपटक कानमा लगाउने इयररिङ्गलाई हटाएर यसलाई सफा गर्नुपर्छ । कानमा हातले छुनुअघि जहिले पनि राम्ररी हात धुनुपर्छ र कानलाई भिजाउनु हुँदैन । छेडेपछि, करिब ४५ दिनसम्म दिनको दुईपटक कान सफा गर्नुपर्छ । यसबाहेक, कानवरिपरिको क्षेत्र पनि सधैँ सफा गर्नुपर्छ ।

ब्याक्टेरिया बढ्न सक्नेहँुदा कान छेडेपछि केही दिन धुलोमाटोबाट टाढा राख्नुका साथै बच्चालाई कानमा औँला राख्न पनि अनुमति दिनुहुँदैन ।

jackson ribon