birat ribon

‘कृषिमा विदेशी लगानी गर्दा साना किसानलाई मर्का नपरोस्’

Neuro
‘कृषिमा विदेशी लगानी गर्दा साना किसानलाई मर्का नपरोस्’

काठमाडौँ / कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउँदा साना किसानहरुलाई मार्का नपर्ने गरी भित्र्याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सोमबारको बैठकमा सरोकारवालाहरुले कृषिमा वैदेशिक लगानी भित्र्याउँदा देशभित्रका साना किसानहरुलाई मार्का पर्ने भएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका हुन् ।

cura insider

नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य अरनिको राजभण्डारीले कृषिमा विदेशी लगानी भित्र्याउँदा सरोकारवालासँग गहन छलफल गर्नुपर्ने बताए । सरोकारवालाको छलफलविना एकाएक विदेशी लगानी भित्र्याउँदा नेपालको पूरै कृषि क्षेत्र विदेशीलाई हस्तान्तरण गरेजस्तै हुने उनको भनाइ छ । सरकारले ऐन बनाउँदा विशेष ध्यान पुर्‍याउनुपर्ने उनले बताए ।

यस्तै डेरी उद्योग सङ्घका उपाध्यक्ष निराजन श्रेष्ठले कृषिमा विदेशी लगानी भित्र्याउनुअघि नेपालका कृषकहरुको रोजगारीको व्यवस्थामा ध्यान दिनुपर्ने बताए । जनशक्ति, जमिन र खाद्य सुरक्षामा पनि ध्यान पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

डेरी उद्योग सङ्घका महासचिव प्रल्हाद दाहाल राज्यले पहिले नेपालका किसानलाई प्रतिस्पर्धी हुनसक्ने बनाउनुपर्ने बताए । त्यसपछि मात्रै विदेशी लगानी भित्र्याउनुपर्ने उनको धारणा छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल कृषिमा विदेशी लगानी साना तथा मझौला उद्योगमा नभई ठूला उद्योगमा भित्र्याउन लागिएको बताउँछन् । ५० करोडभन्दा बढी लगानी गर्ने तथा आफैँले उत्पादन गरेर ७५ प्रतिशतभन्दा बढी निकासी गर्नेलाई मात्रै भित्र्याइने उनले बताए । विदेशी लगानीले साना उद्योगी, व्यवसायीलाई अप्ठ्यारो नपर्ने मान्यता राखिएको उनले बताए ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेलले कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा नीति तथा कानुन बनाउँदा सम्बन्धित क्षेत्रको धारणा लिने गरेको बताउँछन् । किसान र निजी क्षेत्रलाई असर नपार्ने गरी कृषिमा विदेशी लगानी भित्रिने तथा यसले किसानलाई प्रतिस्पर्धी बनाउने पनि उनको भनाइ छ । अब बन्ने कार्यविधि सबै पक्षको साथ लिएर बनाइने उनले बताए ।

jackson ribon