birat ribon

ओलीले राजनीतिक उपलब्धि समाप्त पार्दै छन् : पूर्वमन्त्री बस्नेत

Neuro
ओलीले राजनीतिक उपलब्धि समाप्त पार्दै छन् : पूर्वमन्त्री बस्नेत

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य शक्ति बस्नेतले प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार पार्दै गइरहेको बताएका छन् ।

Padelux insider
cura insider

सोमबार सहिद बेपत्ता योद्धा परिवार, बागमती प्रदेशले काठमाडौँमा आयोजना गरेको विरोध ¥याली तथा कोण सभामा बोल्दै नेता बस्नेतले प्रधानमन्त्री ओलीको कदमले सङ्घीयता, गणतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्वको अधिकार तथा धर्मनिरपेक्षताको अधिकार जोखिममा परेको बताएका हुन् । प्रधानमन्त्री ओलीले यी सबै राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार गर्दै गइरहेको उनको भनाइ छ ।

नेता बस्नेतले प्रधानमन्त्री ओलीले संसद् विघटन, संवैधानिक आयोगमा गरिएका नियुक्तिलगायतलाई हेर्दा सामान्य लोकतान्त्रिक मूल्य–मान्यतालाई पनि सम्मान नगरेको बताए । ओलीको जनविरोधी कदमविरुद्ध सशक्त ढङ्गले प्रतिवाद गर्नुपर्ने आवश्यकता भएको उनको भनाइ छ । बाहिर गएको राजनीतिक प्रणालीलाई मूलधारमा ल्याउनु आजको पहिलो प्राथमिकता भएको उनले बताए ।

jackson ribon