birat ribon

स्वारेजको पछि–पछि मेस्सी

Neuro
स्वारेजको पछि–पछि मेस्सी

विराटनगर । पिचिची अवार्डको दौडमा एथ्लेटिको मड्रिडका स्टार फरवार्ड लुइस स्वारेज सबैभन्दा अगाडि देखिएका छन् । एथ्लेटिकोले ला लिगाको उपाधि दौडमा छलाङ मारिरहँदा उरुग्वेका स्टार स्वारेज पनि पिचिची अवार्डको ‘रेस’मा अगाडि बढिरहेका छन् ।

Padelux insider
cura insider

पिचिची अवार्ड स्पेनिस ला लिगाको सर्वाधिक गोलकर्तालाई दिइन्छ । स्वारेजले पूर्वक्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई उछिनेका छन् । यसै सिजन क्याप नोउ छोडेर एथ्लेटिकोमा अनुबन्धित भएका स्वारेजले मेस्सीभन्दा तीन खेल कम खेलेका छन् ।

३४ वर्षीय स्वारेजले यस सिजनको ला लिगामा १६ खेल खेल्दा १४ गोल र दुई असिस्ट गरेका छन् । मेस्सीले भने १९ खेलमा १३ गोल र चार असिस्ट गरेका छन् ।

ला लिगाको अङ्क तालिकाको शीर्ष स्थानको एथ्लेटिकोले बार्सिलोनाभन्दा दुई खेल कम खेलेको छ । १९ खेल खेलेको एथ्लेटिको ५० अङ्कसहित शीर्ष स्थानमा छ भने २१ खेल खेलेको बार्सिलोना ४३ अङ्कका साथ दोस्रो स्थानमा छ ।

साविक विजेता रियल मड्रिड भने ४३ अङ्कका साथ तेस्रो स्थानमा छ । ऊ गोलान्तरको आधारमा बार्सिलोनासँग पछि परेको छ ।

jackson ribon