birat ribon

एपिएफको १४ गोल, सावित्रा एक्लैले गरिन् आठ गोल

Neuro
एपिएफको १४ गोल, सावित्रा एक्लैले गरिन् आठ गोल

काठमाडौँ / काठमाडौँमा जारी राष्ट्रिय महिला लिग फुटबलमा लिग लिडर एपिएफले फराकिलो जित दर्ता गरेको छ । सोमबार भएको खेलमा साविक विजेतासमेत रहेको एपिएफले उदयपुरको चौदण्डीगढी नगरपालिकामाथि १४–० गोलको जित निकालेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफलाई जिताउन सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले आठ गोल गरिन् भने अनिता केसी र अनिता बस्नेतले समान दुई–एक गोल गरिन् । यस्तै रमिला गोले र अनु लामाले समान एक–एक गोल गरिन् ।

cura insider

यससँगै एपिएफले आफ्नो अपराजित यात्रा कायम राखेको छ । प्रतियोगिताको एक मात्र अपराजित टोली एपिएफले सात खेलमा २१ अङ्क जोडेको छ ।

अघिल्लो पटक एपिएफले चौदण्डीलाई २२–० गोल अन्तरले हराएको थियो, जसमा सावित्रा एक्लैले १२ गोल गरेकी थिइन् ।

चौदण्डी भने अङ्कविहीन छ । उसले सातै खेलमा हार व्यहोरेको छ ।

jackson ribon