birat ribon

तौल घटाउनका लागि पानीपुरी उपयोगी

Neuro
तौल घटाउनका लागि पानीपुरी उपयोगी

विराटनगर / पानीपुरीको स्वाद हरेकले मन पराउँछन् ।

Padelux insider
cura insider

पानीपुरी देशको सबैभन्दा मनपर्ने स्ट्रिट–फुडमध्ये एक हो । धेरैजसो व्यक्ति तौल घटाउन तथा कडा डाइट प्लानका कारण पानीपुरी खाने गर्दैनन् । तर, सुन्दा अचम्म लाग्न सक्छ, पानीपुरीको सेवनले तौल बढाउने नभएर तौल घटाउने गर्छ । पानीपुरीले शरीरको अत्यधिक बोसो कम गर्न मद्दत गर्छ ।

पानीपुरीमा क्यालोरीको मात्रा ३६ हुन्छ । एक प्लेट पानीपुरी खानाले शरीरले दुई सय १६ क्यालोरी पाउँछ । पानीपुरी मोटोपना भएका व्यक्तिहरूका लागि स्न्याकको स्वस्थ विकल्प हुनसक्छ । यदि डाइटमा भएको बेला वा छिटो तौल घटाउन चाहने मानिसले एक प्लेट पानीपुरीको सेवनले तौल घटाउन मद्दत गर्छ । पानीपुरीमा प्रयोग हुने पानी एकदमै अमिलो र पिरो हुन्छ ।

पानीपुरीको सेवन गरेपछि केही घण्टासम्म भोक लाग्दैन । यो एक स्वादिष्ट खाजा हो जसले तौल घटाउन मद्दत गर्छ । तर, पानीपुरी खाँदा दैनिक व्यायाम गर्ने र दैनिक हिँड्नुपर्छ । साथै, बजारमा पाइने पानीपुरीभन्दा पनि घरमै सफा र स्वस्थ तरिकाले पानीपुरी बनाएर सेवन गर्न सकिन्छ । घरमा बनाइएको पानीपुरीमा प्रयोग हुने पानी पनि स्वस्थका लागि फाइदाजनक हुन्छ ।

पुदिना, हिङ र जिरा राखेर बनाइएको पानीले पाचनमा मद्दत गर्छ । यसमा प्रयोग हुने धनियाले पनि फाइदा गर्छ । पानीले मात्र पनि पेटको दुखाइ, एसिडिटीको समस्या नियन्त्रण गर्न सक्छ ।

jackson ribon