birat ribon

‘क्विकर फुड’को भ्यालेन्टाइन्स लक्षित ‘फुड एन्टाइन्स’

Neuro
‘क्विकर फुड’को भ्यालेन्टाइन्स लक्षित ‘फुड एन्टाइन्स’

विराटनगर / १४ फेबु्रअरी अर्थात् भ्यालेन्टाइन्स डेलाई लक्षित गरेर क्विकर फुडले ‘फुड एन्टाइन्स’को अफर ल्याएको छ ।

Padelux insider
cura insider

६ फेबु्रअरीदेखि सुरु हुने उक्त ‘फुड एन्टाइन्स’मा सोधिने प्रश्नको सही उत्तर दिनेमध्ये एक भाग्यशाली विजेतालाई भायोनेट कम्युनिकेसनको ६ महिनाको फ्रि इन्टरनेट सुविधा प्रदान गर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, यो अवधिभरि अर्डर गर्नेमध्ये पाँच भाग्यशाली जोडीलाई ‘भ्यालेन्टाइन्स डे’मा आमाज व्याक्यार्द, विंक, ह्यासट्याग र ग्रिल टु चिल रेस्टुरेन्टमा फ्रि डिनर कुपन दिइने क्विकर फुडले जनाएको छ । साथै पाँच भाग्यशाली जोडीलाई सिटी सिनेमाको मुभी टिकट पनि दिइनेछ ।

आफ्नो दु्रत सेवाका कारण छोटो समयमा नै विराटनगरवासीको छनोटमा परेको क्विकर फुडले सुलभ सुविधालाई मध्यनजर गर्दै समय र परिस्थितिसापेक्ष छुट र उपहारसमेत प्रदान गर्ने गरेको छ ।

क्विकर फुडका निर्देशक दिवस दाहालका अनुसार सात फेबु्रअरीदेखि १४ फेबु्रअरीसम्म एनआइसी एसियाको भिसा वा मास्टरकार्डमार्फत अनलाइन भुक्तानी गर्ने ग्राहकले एक सय ४५ अथवा तीन सय ५० रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् । साथै डिजिटल वालेट खल्तीबाट १४ जना भाग्यशाली ग्राहकलाई दुई सयबराबरको खल्ती भौचर प्रदान गरिनेछ ।

यस अवधिभर ग्राहकले गुलाबको फूल, चकलेट, टेडी बियर, मफिन (पेस्ट्री), कपल टिसर्ट, फुड कुपनजस्ता विभिन्न आकर्षक उपहार पनि पाउनेछन् ।

jackson ribon