birat ribon

१० लाख रुपैयाँभन्दा बढीका प्रतिबन्धित औषधि बरामद

Neuro
१० लाख रुपैयाँभन्दा बढीका प्रतिबन्धित औषधि बरामद

विराटनगर / विराटनगर महानगरपालिका–१० न्युरो अस्पताल नजिकबाट नेपाल प्रहरीले आइतबार १० लाख रुपैयाँबराबरका प्रतिबन्धित औषधिसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ का विक्रम मण्डल रहेको प्रहरीले जनाएको छ ।

न्युरो अस्पतालनजिक डेरा गरी बस्ने विकास मण्डल र उनका भाइ विक्रम मण्डलले आफ्नै डेराबाट प्रतिबन्धित औषधिहरू बिक्री–वितरण गर्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विक्रमलाई नियन्त्रणमा लिएको हो ।

cura insider

उनको कोठामा खानतलासी गर्ने क्रममा प्रहरीले १० लाख तीन हजार एक सय ८० रुपैयाँबराबरको प्रतिबन्धित औषधि बरामद गरेको जनाएको छ । एमिडोन इन्जेक्सन ६५ थान, पारासिटामोल इन्जेक्सन, २४ थान, डेस्रिम इन्जेक्सन नौ थान, पाजोकेम इन्जेक्सन १४ थान र इनहेम इन्जेक्सन १४ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले औषधिमा टाँस्न प्रयोग गरिने स्टिकर बनाउने एचपी कम्पनीको एक थान कलर प्रिन्टरसमेत बरामद गरी आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग विराटनगरमा बुझाएको जनाएको छ ।

jackson ribon