काठमाडौँ / सरकारले कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियानअन्तर्गत सोमबारदेखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरेको छ ।
कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियानअन्तर्गत सोमबारदेखि फ्रन्टलाइनमा खट्ने पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरिएको हो । काठमाडौँमा निजामति कर्मचारी अस्पतालमा पत्रकारहरुलाई खोप लगाउने व्यवस्था मिलाइएको छ ।
कोभिड १९ विरुद्धको खोप लगाएपछि पत्रकारहरुले खुसी व्यक्त गरेका छन् । फ्रन्टलाइनमा काम गर्ने पत्रकारहरुलाई सरकारले खोप उपलब्ध गराउनु सकारात्मक भन्दै यसलाई विरोधको रुपमा नलिई सबै पत्रकारले खोप लगाउनुपर्ने बताएका छन् ।
पत्रकारहरुल फ्रन्टलाइनमा काम गर्ने अन्य पेशा तथा वृद्धवृद्धा उमेर समूहका व्यक्तिहरुलाई पनि छिटोभन्दा छिटो कोभिड १९ विरुद्धको खोप दिन सरकारलाई आग्रह गरेका छन् ।