birat ribon

डी योङको आश्चर्यजनक तथ्याङ्क

Neuro
डी योङको आश्चर्यजनक तथ्याङ्क

विराटनगर / बार्सिलोनाका सेन्ट्रल मिडफिल्डर फ्रेन्की डी योङ टोलीका लागि महत्त्वपूर्ण खेलाडीमध्येका एक हुन् । डचका स्टार डी योङको प्रभाव टोलीमा देखिइरहेका कारण नै रोनाल्ड कोइम्यानले उनलाई प्रायः खेलमा मौका दिइरहेका छन् ।

Padelux insider
cura insider

२३ वर्षीय डी योङले यस सिजनको ला लिगामा सबै खेलमा माैका पाएका छन् । बार्सिलोनाले ला लिगामा २१ खेल खेल्दा सबै खेलमा उनले माैका पाएका छन् ।

सन् २०१९ मा डच क्लब आयाक्सबाट बार्सिलोना आएयता २३ वर्षीय खेलाडी डी योङले आफ्नो प्रभाव छोड्न सफल भएका छन् । यो कुरालाई उनले आइतबार राति साबित गरिदिएका छन् ।

गए राति बार्सिलोनाले रियल बेटिसलाई उसैको मैदानमा ३–२ गोलले हरायो । सो खेलको ११औँ मिनेटमा उनी मैदान प्रवेश गरेका थिए । रोनाल्ड आरौजो घाइते भएपछि मैदान प्रवेश गरेका उनले शतप्रतिशत पास गरेका थिए ।

उनले ११ मिनेटदेखि खेल अवधिभर ८२ वटा पास गरेका थिए, जुन पास शतप्रतिशत सटिक थियो । कुनै पास बिग्रिएको थिएन । यस सिजनको ला लिगामा डी योङले २१ खेल खेलेका छन्, जसमा उनले तीन गोल र तीन असिस्ट गरेका छन् ।

गए राति बेनिटो भिल्लामारिनमा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सी र फ्रान्सिस्को ट्रिनकाओले समान एक–एक गोल गरेका थिए । बार्सिलोनाले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । बेटिसका लागि भने बोर्जा इग्लेसिस र भिक्टर रुइजले एक–एक गोल गरेका थिए ।

जितसँगै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । उसले साविक विजेता रियल मड्रिडलाई उछिन्दै दोस्रो स्थान कब्जा गरेको हो । बार्सिलोनाले २१ खेलमा ४३ अङ्क बनाएको छ । समान ४३ अङ्क भएको रियल तेस्रो स्थानमा छ । रियल गोलान्तरको आधारमा पछि परेको हो । बेटिस भने ३० अङ्कका साथ सातौँ स्थानमा छ । उसले बार्सिलोनाभन्दा एक खेल बढी खेलेको छ ।

ला लिगाको शीर्ष स्थानमा भने एथ्लेटिको मड्रिड रहेको छ । १९ खेल खेलेको एथ्लेटिकोसँग ५० अङ्क छ ।

jackson ribon