birat ribon

पहिलो हाफमा एपिएफको ७–० गोलको अग्रता, सावित्राको चार गोल

Neuro
पहिलो हाफमा एपिएफको ७–० गोलको अग्रता, सावित्राको चार गोल

काठमाडौँ / काठमाडौँमा जारी राष्ट्रिय महिला लिग फुटबलमा लिग लिडर एपिएफले उदयपुरको चौदण्डीगढी नगरपालिकासँग खेलिरहेको छ ।

Padelux insider
cura insider

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिँदा एपिएफले ६–० गोलान्तरको अग्रता बनाएको छ ।

एपिएफका लागिसावित्रा भण्डारी ‘साम्बा’ले चार गोल गर्दा अनिता केसीले दुई तथा अनिता बस्नेतले एक गोल गरिन् ।

यस खेलमा साविक विजेता एपिएफ आफ्नो अपराजित यात्रा कायम राख्ने दाउमा छ । प्रतियोगिताको एक मात्र अपराजित टोली एपिएफले छ खेलमा १८ अङ्क जोडेको छ ।

अघिल्लो पटक एपिएफले चौदण्डीलाई २२–० गोल अन्तरले हराएको थियो, जसमा सावित्रा एक्लैले १२ गोल गरेकी थिइन् ।

चौदण्डी भने अङ्कविहीन छ । उसले अघिल्ला छ खेलमै हार व्यहोरेको छ ।

jackson ribon