birat ribon

अभिषेक आइजोलमा अनुबन्धित

Neuro
अभिषेक आइजोलमा अनुबन्धित

विराटनगर / नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजाल आइजोल एफसीमा अनुबन्धित भएका छन् । आइजोलले अभिषेकलाई मार्च महिनाको अन्तिमसम्मका लागि अनुबन्धन गरेको हो ।

अब उनले आइजोलबाट भारतको आई लिग खेल्ने भएका छन् । करिब छ महिनाअघि मात्र अभिषेक भारतको दोस्रो डिभिजनको क्लब मोहमेदन स्पोर्टिङ एफसीमा आबद्ध भएका थिए । उनले मोहमेदनसँग तीन वर्षे सम्झौता गरेका थिए ।

cura insider

अभिषेक आइलिगका लागि फेब्रुअरी १२ मा भारत प्रस्थान गर्ने तयारीमा छन् । उनी हाल राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा रहेका छन् ।

jackson ribon