birat ribon

स्वस्थ छालाका लागि यी नौ बानी त्याग्नु जरुरी

Neuro
स्वस्थ छालाका लागि यी नौ बानी त्याग्नु जरुरी

विराटनगर / दिनभरि राम्रो तथा ताजा देखिनका लागि सनस्क्रिन, मेकअप तथा अन्य धेरै चिजहरूको समेत प्रयोग गर्छौँ ।

तर, केही सामान्य लाग्ने बानीले छालालाई नाकारात्मक असर पारेर विभिन्न समस्या निम्त्याइरहेको हुन्छ । यी बानीले पिम्पल्स, दागदेखि छालामा विभिन्न समस्या निम्त्याउँछन् :

cura insider

जङ्क फुडको सेवन : जङ्क फुडको सेवनले रगतमा चिनीको मात्रालाई बढाउन सक्छ । यसले इनसुलिनको मात्रालाई बढाएर पिम्पल्सको समस्या निम्त्याउँछ ।

धुम्रपान : चुरोटले छालाबाट रगतको सञ्चारलाई घटाउनुका साथै, चुरोटमा हुने विषाक्तले सिधै छाला र रगतमा असर गर्छ ।

तातो पानीले नुहाउनाले : तातो पानीले नुहाउँदा शरीर रिल्याक्स भएकोजस्तो महसुस हुन्छ । तर, तातो पानीले छालाको सतहलाई क्षति पु¥याउने हुन्छ ।

रक्सीको सेवन : अत्यधिक रक्सीको सेवनले अनुहार निरास देखाउनुका साथै यसले छालालाई डिहाइड्रेट गरेर छालाका सबै तेल सोछेर सुक्खा बनाउने काम गर्छ ।

फोहोर मेकअप ब्रसको प्रयोग गर्दा : फोहोर मेकअप ब्रसको प्रयोग गर्दा वा समय–समयमा मेकअप ब्रसलाई सफा नगर्दा पिम्पल्स हुने सम्भावना उच्च हुन्छ जसले पछि व्याक्टेरियल सङ्क्रमण निम्त्याउन सक्छ ।

निद्रा नपुग्दा : तनाव नपुग्दा तनाव निम्तिन सक्छ । तनावले थप पिम्पल्स तथा सोरियासिसलगायतका छालामा समस्या निम्त्याउने हुन्छ ।

पिम्पल्स निचोर्ने गर्दा : पिम्पल्स निचोर्नाले यसलाई थप छालाको गहिरो भागसम्म पुर्‍याउने गर्छ । त्यहाँ भएको व्याक्टेरिया छालाभित्र पसेर सङ्क्रमण गर्छ र समस्या थप बढ्ने वा अनुहारमा दाग बस्ने हुन्छ ।

फोनमा धेरै कुरा गर्ने : विभिन्न अध्ययनअनुसार फोनमा लामो समयसम्म गाला टसाइरहेमा पिम्पल्स आउने सम्भावना धेरै हुन्छ ।

मेकअप लगाएर सुत्ने बानी : अल्छी भएको वेला वा कुनै समय मेकअप लगाएर सुतिन्छ । जसलाई सामान्य मानिन्छ । तर, मेकअप लगाएर सुत्नाले अनुहारका पोर्स बन्द भई छालामा समस्या निम्तिन सक्छ ।

jackson ribon