birat ribon

बन्द एयरलाइन्सहरूलाई उड्डयन प्राधिकरणको ताकेता

Neuro
बन्द एयरलाइन्सहरूलाई उड्डयन प्राधिकरणको ताकेता

काठमाडौँ / नेपाल नागरिक उड्डयन प्राधिकरणले वर्षौंदेखि बक्यौता नतिरेका तर हाल सञ्चालनमा नरहेका एयरलाइन्स कम्पनीलाई भुक्तानी गर्न ताकेता गरेको छ ।

प्राधिकणले सोमबार सार्वजनिक सूचना जारी गर्दै उडान सेवा बन्द भएका एयरलाइन्सले प्राधिकरण र विमानस्थल कार्यालयलाई तिर्नुपर्ने सेवा शुल्क तथा रोयल्टी ३० दिनभित्र बुझाउन आग्रह गरेको हो ।

cura insider

पटकपटक सूचना जारी गर्दा पनि एयरलाइन्सले प्राधिकरणलाई बुझाउनुपर्ने रकम नबुझाएकाले पुनः सूचना जारी गर्दै बन्द भएका एयरलाइन्सका सञ्चालकलाई तत्काल बाँकी रकम भुक्तानी गर्न निर्देशन दिएको हो ।

यदि प्राधिकरणले निर्धारण गरेको रकम तिर्न नपर्ने कुनै प्रमाण भए सोसमेत पेस गर्न आग्रह गरिएको छ । प्राधिकरणका अनुसार यसरी उडान सेवा बन्द भएका आन्तरिक उडानका ११ एयरलाइन्सले नौ करोड बक्यौता बुझाउन बाँकी छ ।

तोकिएको समयमा पनि हिसाब मिलान वा रकम बुझाउन नआएमा सञ्चालकलाई कालोसूचीमा राखिने प्राधिकरणले चेतावनी दिएको छ । कालोसूचीमा परेका सञ्चालकले भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारबाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने प्राधिकरणले उल्लेख गरेको छ ।

सबैभन्दा धेरै नेकोन एयरले चार करोड ७० लाख, कस्मिक एयरको तीन करोड ४७ लाख, शिवानी एयरले ५५ लाख ५१ हजार, गोरखा एयरले २० लाख रुपैयाँ तिर्न बाँकी छ । त्यस्तै, कर्णाली एयरले १७ लाख ४६ हजार, माउन्टेन एयरले १७ लाख ४६ हजार, साङ्ग्रिला एयरले १५ लाख ३७ हजार, स्काइलाइन एयरले १५ लाख ५० हजार प्राधिकारणलाई बुझाउन बाँकी छ । त्यसैगरी, एयर

काष्टठण्डपले सात लाख ३८ हजार, नेपाल एयरवेजले पाँच लाख ५० हजार र अल्पाइन एयरले ७२ हजार बक्यौता तिरेका छैनन् ।

jackson ribon